2026-06-16 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा स्थानीय तहका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाए

असार २, रसुवा | रसुवामा स्थानीय तहको निर्वाचनमा भाग लिएका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिएकामध्ये २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन् । 

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।

निर्वाचनमा ४ सय ६५ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएको एक महिला पुग्दा हालसम्म २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

पालिका अध्यक्षमा नेशनल मंगोल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका एक जना र बाँकी वडा सदस्यले निर्वाचन खर्च विवरण बुझाएको उनले बताए । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार खर्च विवरण बुझाएकामध्ये पालिका अध्यक्षमा उम्मेदवारी दिएकाले ३३ हजार २ सय खर्च गरेको विवरण बुझाएका छन् । त्यसैगरी वडा सदस्यमा उम्मेदवारी दिएकाहरुले ३२ सय देखि १ लाख ५० हजार सम्म खर्च गरेको विवरण बुझाएका छन् । 

जिल्लामा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीबाट उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण हालसम्म नबुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

वैशाख ३० गते भएको निर्वाचनको अन्तिम परिणाम जेठ ३ गते आएको थियो । जेठ ३ गतेभित्र उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गर्नुपर्ने निर्वाचन अधिकारी थापाले बताए । 'अन्तिम परिणामको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।  जिल्लामा निर्वाचनकाे अन्तिम मतपरिणाम जेठ ३ गते आएको थियो', उनले भने, 'खर्च विवरण बुझाउन हामीले स्थानिय तहहरुमा पनि जानकारी गराएका छौँ । खर्च विवरण आउने क्रम जारी छ, सबैको आएको छैन् । '

स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षले ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ