भदौ २२, रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो । 
2026-09-18 11:48 PM
राजनीति

रोल्पाबाट सातवटा स्थानीय तहको सिफारिस

भदौ २२, रोल्पा । रोल्पा स्थानीयतह पुनःसंरचना प्राविधिक सहयोग समिति, रोल्पाले सातवटा स्थानीय तहको पुनःसंरचनाको खाका तयार गरी मङ्गलबार आयोगमा पठाएको छ । जिल्लाका राजनीतिक दलबीच लामो समयसम्म आपसी सहमति हुन नसक्दा आयोगमा पठाउन समय लागेको हो । 

मङ्गलबारसम्ममा देशभर जम्मा २१ जिल्लाले मात्र प्रतिवेदन आयोगमा पठाएकाले अन्य जिल्लाको तुलनामा भने रोल्पा अग्रस्थानमा नै आएको छ । दलले आ–आफ्नो फरक खाका प्रस्तुत गर्दै भदौ १३ गते पाँचवटा स्थानीय तहका लागि सहमति गरेतापनि पछिल्लो समयमा त्यसैलाई लिएर जिल्लामा असन्तुष्टि आउँदा उपराष्ट्रपति, सभामुख र उपप्रधानमन्त्री बहाल रहिरहेको जिल्लामा उनीहरुकै पार्टीका जिल्ला संयोजकले एउटा बैठकको माइन्युट च्यात्दा राजनीतिक तरङ्ग पैदा भएको थियो । 

यसैबीच, सोमबार सर्वदलीय संयन्त्रसहितको बैठक बसी सातवटा स्थानीय तहको खाकामा सहमति भएपछि समितिले प्रतिवेदन पठाएको हो । 

यद्यपि राप्रपा नेपालले भने उक्त बैठकमा भाग लिए तापनि माइन्युटमा हस्ताक्षर नगरेको प्राविधिक सहयोग समितिका संयोजक स्थानीय विकास अधिकारी सुशील वैद्यले पत्रकारसँग बताउनुभयो । मङ्गलबार प्रतिवेदन पठाइसकेपछि स्थानीय विकास अधिकारीले जिविसमा पत्रकारसँग भेटघाटको आयोजना गर्नुभएको थियो । 

उहाँले राजनीतिक दलको सहमतिमा यस जिल्लामा स्थानीय तहको सातवटा सङ्ख्या कम भएकाले ११ वटा स्थानीय तह कायम गर्न आयोगमा सिफारिस गरी पठाउने, लिबाङमा कार्यविधि र कार्यसर्तले तोकेको भन्दा जनसङ्ख्या एक हजार ५३९ कम भएतापनि नगरपालिका सिफारिस गर्ने, गाम गाविस अत्यन्त विकट र ठूलो गाविस भएकाले दुईवटा वडा कायम गर्ने, थबाङ गाविसलाई विशेष क्षेत्रका रुपमा गाउँपालिका बनाउन सिफारिस गर्नेजस्ता निर्णय पनि पठाएको जानकारी दिनुभयो । 

समितिले आयोगमा सिफारिस गरी पठाएको लिबाङ नगरपालिकाको केन्द्र लिबाङ र जनसङ्ख्या ४२ हजार २९२, लुङ्ग्री गाउँपालिकाको केन्द्र सुलिचौर र जनसङ्ख्या ३८ हजार २६९, सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ र जनसङ्ख्या २६ हजार ८२०, जलजला गाउँपालिकाको केन्द्र पुतलाखेत वा कुरेली र जनसङ्ख्या २७ हजार ६८९, रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी र जनसङ्ख्या २६ हजार ५७०, त्रिवेणी गाउँपालिकाको केन्द्र त्रिवेणी वा तिला र जनसङ्ख्या २२ हजार ९५७ साथै सुकीदह गाउँपालिकाको केन्द्र घर्तीगाउँ वा सुखाओडार तथा जनसङ्ख्या ३३ हजार ५८९ रहेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई