2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानी पूर्वप्रधानमन्त्री आबे नेपाल आएको भन्दै प्रचण्डले झुट बोलेपछि…

साउन २१, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा छन्।

पाँच दिने भ्रमणका लागि शनिबार जापान पुगेका अध्यक्ष प्रचण्डले टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नागरिकता विधेयक एनआरएनए नेपालीहरुको हितमा रहेको बताएका थिए।


उनले सो विषयमा भनेका छन्,‘नागरिकताको एनआरएनसँग सम्बन्धित जो विषय थियो, संविधानमा हामीले नै पहल गरेर राखियो र अहिले यो विधेयक हामी अगाडि बढाउँदैछौं। त्यसमा पनि एनआरएन नेपालीहरु जो विदेशमा छन् उनीहरुको हितलाई बढी ध्यान दिइएको छ।’

साथै उनले जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि उनले बताएका थिए। उनले भने, ‘जापान हामी सबैको प्रेरणाको स्रोत हो। जसरी युद्धबाट प्रभावित भएको देश आफ्नै मेहनतले यति माथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको हुनाले यो प्रेरणा लिनु पनि हो।’

सो क्रममा उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए। सो क्रममा उनले आबे नेपाल आउँदा राम्रो कुराकानी भएको बताएका थिए जुन झुटो विषय हो किनभने आबे कहिल्यै नेपाल आएका थिएनन्।

उनले भनेका थिए, ‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ। जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो। किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानी भएको थियो। असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन राम्रो भएको थियो।’

तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गरेका थिएनन्। नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गरेका छैनन्। सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक