2026-07-25 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलबाट हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिंदै

साउन २२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने छ ।

सो प्रयोजनका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये टर्मिनल भवन र टावर निर्माणमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । हेलिप्याण्ड निर्माणका लागि भने १५ करोड रुपैयाँ विनियोजन भएको थियो । प्राधिकरणका अनुसार हेलिप्याड निर्माण यसै वर्ष सम्पन्न हुनेछ । त्यसपछि अहिले त्रिभुवन विमानस्थलबाट भइरहेको हेलिकप्टरको उडान/अवतरण अब नलिनचोकमा सर्नेछ । यात्रुले समेत सोही स्थानमा पुगेर हेलिकप्टर चढ्न पाउनेछन् । टर्मिनल भवन र टावरको कामलाई भने बहुवर्षीय आयोजनामा राखिएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा भइरहेको जहाजहरुको चाप घटाउन यो संरचना सहयोगी हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट पार्किङ वे नजिकै हेलिकप्टरहरुको पार्किङ भइरहेको छ ।

प्राधिकरणका अनुसार नयाँ बन्ने हेलिप्याण्डमा दुई दर्जन हेलिकप्टर एकै पटक बिसान गर्न सम्भव हुनेछ । अहिले प्राधिकरणले अनुमति लिएको बखत जुन विमानस्थललाई आधार मानिएको छ, सोही विमानस्थलमा हेलिकप्टरको बिसौनी गर्न निर्देशन दिएको छ । सोही अनुसार कतिपय हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुले बिसौनी पोखरा र नेपालगन्जमा सारिसकेका छन् । काठमाडौंको हकमा अब बिसौनी नलिनचोक बन्ने छ ।

अहिले नेपालमा ११ वटा हेलिकप्टर कम्पनी दर्ता भई नियमित सञ्चालनमा छन् । यी कम्पनीसँग २९ वटा हेलिकप्टर रहेका छन् । दुर्गम भेगमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नु, पर्यटकको आगमन बढ्नु, दुर्गम भेगमा विकास निर्माणका गतिविधि बढ्नु र विपद् तथा आकस्मिक स्वास्थ्य समस्याका बेला बढ्दो मागले नेपालमा हेलिकप्टर विजनेश फस्टाउने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक