2026-06-24 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिचाई मन्त्री दिपक गिरी मंगलबार गृह जिल्ला दाङ आउँदै

सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो पटक दाङ आउन लाग्नु भएको हो । 

मन्त्री गिरी मंगलबार हेलिकेप्टरबाट बिहान ८ बजे भैरहवा अवतरण हुने र त्यहाँबाट गृह जिल्ला दाङ आउने कार्यक्रम नेपाली काँग्रेस दाङले जनाएको छ । दुई दिने दाङ बसाईका क्रममा दाङ आउन लाग्न भएका गिरीले सिँचाई मन्त्रालय अन्र्तगतका सरकारी योजनाहरुको स्थलगत निरक्षण तथा देउखुरीको भालुवाङ देखि तुलसीपुर सम्मका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट, स्वागत र सम्मान कार्यक्रम समेत तय गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिनु भयो । दाङ क्षेत्र नम्बर ५ बाट सांसद बन्नु भएका गिरीले बर्तमान सरकारमा सिंचाई मन्त्रालय सम्हाल्नु भएको हो । गिरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । यसैबीच सचिव डाँगीले सोमबार एक प्रेस विज्ञप्थी जारी गरी २१ र २२ गतेको कार्यक्रमको जानकारी गराउनु भएको छ । मंगलबार बिहान ११ बजे राप्ती किनारमा बन्न लागेको बड्कापथ सिचाई आयोजनाको स्थलगत निरक्षण, आयोजनाका पद्धाधिकारीहरुसंग छलफल, १२ बजे लालमटियाको मसुरियामा कर्याकर्ता भेटघाट, १ बजे लमहीमा रहेको बड्कापथ सिचाई तथा प्रगन्ना कार्यालयको निरिक्षण तथा कर्मचारीहरु संगको छलफल र लमही पार्टी कार्यालयमा कर्याकर्ता भेटघाट कार्यक्रम रहेको जानकारी दिनु भयो ।

त्यसैगरी २ बजे जिल्ला प्रशासन कार्यालय दाङमा जिल्लका सरकारी कार्यालयका प्रमुखहरु संगको छलफल तथा निर्देशन दिने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । दिउसो ३ बजे पार्टी कार्यालयमा मन्त्री गिरीलाई स्वागत, सम्मान र बधाई सँगै जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएको सचिब डाँगीले बताउनु भयो । त्यसैगरी २२ गते बुधबार बिहान ७ बजे सिँचाई डिभिजन कार्यालय दाङको निरक्षक, ८ बजे प्रेस युनियनले आयोजनाको पत्रकार सम्मेलन कार्यक्रममा सम्बोधन गर्ने, साढे ८ बजे तुलसीपुर श्रीचौर कुलो निरिक्षण, साढे १० बजे क्षेत्र नम्बर ४ मा कार्यकर्ता भेटघाट तथा सम्बोधन, साढे १२ बजे तुलसीपुर—५ कृष्णमन्दिर परिसरमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा सम्बोधन, ४ बजे पश्चिम दाङको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरी २३ गते बिहान राजधानी फर्किने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ