2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका ३ निर्वाचन क्षेत्रमा माओवादीको दाबी

साउन २६, काठमाडौँ । संघ र प्रदेशको चुनाव घोषणासँगै सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका बैठक चलिरहेका छन् । भागबन्डाको टुंगो लागि नसकेको भए पनि दाबी-प्रतिदाबी भने चलिरहेकै छ ।

यस्तोमा काठमाडौंमा निकै कमजोर रहेको नेकपा माओवादी केन्द्रले यहाँका कति क्षेत्रमा दाबी गर्ला भन्ने चासो छ । काठमाडौं जिल्लामा १० वटा संघीय निर्वाचन क्षेत्र छन् । स्रोतका अनुसार माओवादीले यसपटकको चुनावमा काठमाडौंका तीन क्षेत्रमा दाबी गरेको छ ।


शान्ति प्रक्रियामा आए लगत्तैको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन १५ मध्य ६ वटा क्षेत्रमा जितेको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने माओवादीले एउटा निर्वाचन क्षेत्र पनि जित्न सकेन ।

२०७४ मा नेकपा एमालेसँग वाम गठबन्धन गर्दा तीन वटा निर्वाचन माओवादी केन्द्रले पाएको थियो । काठमाडौं-१, ६ र १० मा माओवादीले उम्मेदवारी दिएको थियो तर सबै पराजित भएका थिए । क्षेत्र नम्बर १ मा अनिलकुमार शर्मा, ६ मा झक्कुप्रसाद सुवेदी र १० मा हितमान शाक्य उम्मेदवार बनेका थिए ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले पुरानै क्षेत्रमा आफ्नो दाबी गरेको बताए । ‘२०७४ मा एमालेसँग गठबन्धन गर्दा पाएका क्षेत्र नै हुनुपर्छ भन्ने छ,’ शर्माले भने ।

को-को छन् आकांक्षी ?

काठमाडौं क्षेत्र नम्बर १ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लगातार तीन पटक चुनाव जितेको क्षेत्र हो । कांग्रेससँगै गठबन्धन गर्दा माओवादीले उक्त क्षेत्र पाउन गाह्रो छ । यद्यपि निर्वाचन क्षेत्रहरु १, ६, ९ र १० मध्य तीनवटा चाहिँ हुनैपर्ने माओवादी अडान छ ।

क्षेत्र नम्बर १ पाए यसअघिकै उम्मेदवार अनिल शर्मा दोहोरिने सम्भावना छ । त्यस्तै क्षेत्र नं. ६ मा हिमाल शर्मा नयाँ आकांक्षी छन् । यसअघि उम्मेदवारी दिएका झक्कु सुवेदी पनि आकांक्षी नै हुन् ।

अघिल्लो पटक काठमाडौं क्षेत्र नम्बर १० बाट उठेका हितमान शाक्य यसपटक काठमाडौं ९ बाट उठ्न चाहान्छन् । त्यस्तै काठमाडौं क्षेत्र न. १० मा अन्जना विशंखेले चाहाना राखेकी छिन् ।

दाबी गरेको क्षेत्रमा कति छ माओवादी मत ?

अघिल्लो चुनावमा एमालेसँग तालमेल गरेर काठमाडौं क्षेत्र नम्बर १ मा अनिल शर्माले ५ हजार ३ सय ३६ मत ल्याएका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले पाएको मत भने १ हजार १५९ मात्रै हो । काठमाडौं क्षेत्र नं. १ मा काठमाडौं महानगरका वडा नं. १०, ११, २९ र ३१ वडा पर्दछन् ।

काठमाडौं क्षेत्र नं. ६ मा उठेका सुवेदीले अघिल्लो चुनावमा एमालेसँगको तालमेलमा १५ हजार ४८५ मत पाएका थिए । हालै सम्पन्न स्थानीय तहको वडामा माओवादीले पाएको मत भने २ हजार ४६२ मात्रै छ ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नं. २६, २७ र २८ पर्दछन् । त्यस्तै टोखा नगरपालिकाका वडा नं. १, ८, ९, १० र ११ तथा तार्केश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ पर्दछन् ।

काठमाडौं क्षेत्र नं. ९ मा माओवादीले पाएको वडागत मत ७९५ मात्रै छ । यो क्षेत्रमा काठमाडौं महानगरका वडा नं. १२, १४, २१ र २२ पर्दछन् । त्यस्तै नागार्जुन नगपालिकाका वडा नं. ६, ७, ८, ९, १० तथा चन्द्रागिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४, १५ पर्दछन् ।

काठमाडौं क्षेत्र नं. १० मा एमालेसँग तालमेल गरेर लड्दा हितमान शाक्यले अघिल्लो पटक २१ हजार ९०७ मत ल्याएका थिए । हालै सम्पन्न स्थानीय तहमा माओवादीले वडागत रुपमा यो क्षेत्रमा पाएको मत ७ हजार २ सय ६९ रहेको छ ।

यो क्षेत्रमा दक्षिणकाली र कीर्तिपुर नगरपालिका तथा र चन्द्रागिरि नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक