भदौ २७, पर्बत । पर्वतमा सर्वसहमत चयन भईसकेको भनिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघका विरुद्ध नेपाली कांग्रेसकै महिलाहरु नै उत्रिएका छन् । 

विरोधमा उत्रिएका महिलाहरुको अधिवेशन कोठे भएको र निर्वाचन अधिकृतले अधिवेशनमा आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, पर्बत । पर्वतमा सर्वसहमत चयन भईसकेको भनिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघका विरुद्ध नेपाली कांग्रेसकै महिलाहरु नै उत्रिएका छन् । 

विरोधमा उत्रिएका महिलाहरुको अधिवेशन कोठे भएको र निर्वाचन अधिकृतले अधिवेशनमा आफ्न"/>

२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला संघको अधिवेशन कोठे भएको भन्दै महिलाहरु उत्रिए

२०७३, २७ भाद्र सोमबार ०७:२७

भदौ २७, पर्बत । पर्वतमा सर्वसहमत चयन भईसकेको भनिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघका विरुद्ध नेपाली कांग्रेसकै महिलाहरु नै उत्रिएका छन् । 

विरोधमा उत्रिएका महिलाहरुको अधिवेशन कोठे भएको र निर्वाचन अधिकृतले अधिवेशनमा आफ्नो मनोमानी ताण्डव चरित्र प्रकट गरको आरोप लगाएका छन् । 

केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चयन भईसकेका सदस्यहरु लालकुमारी सिके सहित २३ जना महिलाहरुले विज्ञप्ति मार्फत् विरोधमा उत्रिएका छन् । यसअघि जोगमया प्रसाईको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको सार्वजनिक भएको थियो । महिला संघ पर्वतको जिल्ला कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रिय निर्वाचन समितिबाट निर्वाचन अधिकृत भई आएका विश्वप्रसाद प्रसाई समेत विवादको घेरामा परेका छन् । 

उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सचिव समेत हुन् । महिला संघको अध्यक्षमा सर्वसहमत चयन भएको भनिएकी जोगमया प्रसाई निर्वाचन अधिकृत रहेका प्रसाईको आमा हुन् । कसैसँग सरसल्लाह नै नगरी निर्वाचन अधिकृत प्रसाईले महिला संघको नेतृत्व चयन गरी पार्टी संगठन खल्बल्याउन खोजेको आरोप समेत लगाएका छन् । 

महिला संघको जिल्ला अधिवेशन सम्पन्न भएको हप्तौ वितिसक्दा पनि विवादकै कारण नयाँ कार्यसमिति गठन हुन सकेको थिएन । केही दिन गुजारेपछि मात्र सम्पन्न भएको भनिएको जिल्ला समिति गठन प्रक्रिया समेत विवाद मुक्त हुन सकेन । 

महाधिवेशन प्रतिनिधि चयनको विषय समेत जटिल बनेको थियो । केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गत भाद्र १५ गते महिला संघको क्षेत्रीय अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन सम्पन्न हुन लागेको भन्ने केही महिला सदस्यहरुले आरोप लगाएको थिए । 

नेपाली कांग्रेसको गाउँ कमिटी सदस्य चयन प्रकृयामै अलोकतान्त्रिक पारा अपनाएको भन्ने कार्यकर्ता माझ चर्चा छ । कतिपय कार्यकर्ताले एकलौटी पाराले आफू खुशी जिल्ला नेतृत्वले जिल्ला कार्यसमिति गठन गर्न खोजिएको र सदस्यका आकांक्षीहरुलाई वेवास्ता गरिएको गुनासो गरेका थिए भने भित्रभित्रै जिल्ला समिति पदाधिकारीहरु र केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नाम तय भईसकेको तर विवाद चुलिएपछि बाहिर ल्याउन जिल्लाको नेका नेतृत्वले नसकेको भन्ने समेत गाइगुइँ सुनिएको थियो । 

यही विवादकै वीच जिल्ला कार्यसमिति चयन र महाधिवेशनका केन्द्रिय प्रतिनिधि चयन गरी सर्वसम्मत भएको भनिए पनि महिला संघलाई विवादले छाड्न सकेको छैन । जिल्ला महिला संघको नेतृत्वमा आउन खोज्ने आकांक्षी अनुहारहरुमा जोगमया प्रसाई, ललितकला गुरुङ, लालकुमारी सिके, रेखा गुरुङ, चित्रकला शर्मा थिए तर अध्यक्षमा भने प्रसाई चयन भएकी थिइन् । 


महिला संघको अधिवेशन सम्पन्न नहुदै जिल्ला अधिवेशन गर्ने र निर्वाचन अधिकृतले निर्वाचन सम्वन्धि कुनै सुचना टाँस समेत नगरेको भन्ने समेत आरोप महिला सदस्यहरुले लगाएका थिए । त्यतिखेर विरोध गर्ने महिलाहरुले केन्द्रिय अधिवेशन प्रतिनिधि र सल्लाहकार पद पाएपछि चुप बनेका थिए । यसअघि क्षेत्रीय प्रतिनिधि सीतादेवी पौडेल र महासमिति सदस्य क्षेत्र नं. १ मिना केसीले कार्यसमिति गठनबारेमा भएको अप्रजातान्त्रिक गतिविधिको कडा विरोध जनाएका थिए । 

महिला संघको यही भाद्र २८,२९ र ३० गते काठमाडौमा हुने केन्द्रिय महाधिवेशनमा जिल्लाबाट क्षेत्र नं.१ र २ गरी १८ जना केन्द्रिय प्रतिनिधि चयन हुनेछन् । क्षेत्र नं.२ बाट केन्द्रिय प्रतिनिधिहरु चयन गर्ने कार्य सर्वसम्मत रुपमा सम्पन्न भईसकेको छ । यता क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधिका लागि १४ जना महिला सदस्यहरु आकांक्षी रहेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन