2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल

भदौ १०, काठमाडौं | राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र साह (बालेन)नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो ।

अवैध रुपमा बनेका संरचना र अनुमतिविपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले  पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका सामन राखेपछि हटाएको थियो । 

महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्टसेवाग्राहीका लागि पार्किङको रुपमा प्रयोग गरिने जानकारी दिएको हो । 

विभागले आइतबारदेखि नै लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस विभागमा आइदिन, आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आइदिन, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन विभागले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक