2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता विधेयकबारे प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेतृत्वसँग राष्ट्रपतिको छलफल

भदौ १३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेतहरुसँग आज भेटवार्ता गरेकी छन् । राष्ट्रपतिकै बोलावटमा कांग्रेस सभापति देउवाको नेतृत्वको टोली शीतलनिवास पुगेको थियो ।


शीतलनिवास स्रोतका अनुसार भेटवार्तामा हाल राष्ट्रियसभामा विचाराधीन नागरिकता विधेयक र अन्य समासामयिक विषयमा छलफल भएको छ । राष्ट्रपति भण्डारीले सरकारलाई सुझावसहित आफूले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित गरिएकोमा असन्तुष्टि प्रकट गरेकी थिइन् ।

प्रधानमन्त्री देउवा र कांग्रेस महामन्त्री गगन थापाले नागरिकता विधेयकबारे पार्टीको दृष्टिकोण प्रष्ट्याएको स्रोतले बतायो । महामन्त्री थापाले राष्ट्रपतिबाट आएका सुझावहरुलाई सकारात्मक रहेको भन्दै नागरिकताको विषयमा अझै धेरै कुरा सम्वोधन गर्न बाँकी रहेको स्वीकारोक्ति व्यक्त गरे । तथापि, अहिलेको विधेयकलाई राष्ट्रियसभाले पारित गरेर पठाएपछि संविधान बमोजिम प्रमाणीकरण गरिदिन कांग्रेस नेताहरुले आग्रह गरेका छन् ।

भेटवार्तामा देउवा र थापाका साथै कांग्रेस उपसभापति धनराज गुरुङ र सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी थिए ।

आजै राष्ट्रपतिले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि छलफल गर्दैछिन् । राष्ट्रपतिको बोलावटमा अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु शीतलनिवास पुगिसकेका हुन् । अहिले भेटवार्ता जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक