भदौ २७,  झापा । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७,  झापा । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन न"/>
2026-09-19 01:29 AM
काठमाडौँ - KTM

समयमै निर्वाचन गर्न नसके मुलुक गम्भीर सङ्कटमा फस्छ: खनाल

भदौ २७,  झापा । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताएका छन् । 

गृह जिल्ला इलाम पुगेका नेता खनालले आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै २०७४ माघ ७ गतेसम्ममा अनिवार्य निर्वाचन गर्न नसकिए मुलुक सङ्कट फस्ने  बताएका हुन् । 

नेता खनालले भने–“समयमै निर्वाचन सम्पन्न गर्न सकेनौँ भने मुलुकमा संविधान कार्यान्वयन गर्ने सिलसिलामा ठूला चुनौती र सङ्कट भोग्नुपर्नेछ ।” उनले मुलुकमा सङ्कट र चुनौती आउन नदिन सम्पूर्ण राजनीतिक शक्ति गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । 

नेता खनालले अहिलेको गठबन्धन सरकारले निर्वाचन गर्ने र संविधान कार्यान्वयनलाई गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाए । संविधान कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन गर्नका लागि प्रतिपक्षमै भए पनि नेकपा (एमाले) प्रतिबद्ध भएर लाग्नेसमेत बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई