पढ्न करिब 1 मिनेट लाग्छ

गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् ।

जसका लागी रुकुम तकसेराका तेजेन्द्र खाम मगरको संयोजकत्वमा ५६ सदस्यीय खाम भाषिक स्वायत्त निर्वाचन क्षेत्र माग सरोकार समिति गठन गरिएको छ । जसको सह संयोजकमा रोल्पाबाट ऋषिकेशव बुढामगर र बागलुङबाट हरिबहादुर घर्ती रहेका छन् ।

सरोकार समितिले स्वायत्त क्षेत्रका माग गर्दै असोज २ गते भित्र सम्वन्धीत जिल्लामा ज्ञापन पत्र बुझाउँने र ८ गतेभित्र काठमाडौंमा गएर अन्तक्रिया, पत्रकार सम्मेलन गर्ने र विभिन्न सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

रुकुम काक्रिको लुकुममा भएको ३ जिल्लाका राजनितिक दल, जनजाती अगुवा, अधिकारकर्मी लगाएतको भेलाले भाषिक तथा साँस्कृतिक रुपमा समानता भएका ३ जिल्लाका ३७ ओटा गाविसलाई मिलाएर स्वायत्त क्षेत्रको माग गर्न सशक्त रुपमा लाग्ने निष्कर्ष निकालेको हो ।

गमन वहादुर बुढामगरको अध्यक्षतामा भएको भेलामा रुकुम, रोल्पा र बागलुङका १ सय ५० बढीको उपस्थिति रहेको थियो । भेलाको संचालन नविन्द्र पुन मगरले गरेको बताईएको छ ।