2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षागार्ड पक्राउ परेकोबारे के भन्छन् पर्यटन मन्त्री श्रेष्ठ

भदौ १९, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डले आफूलाई हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको बताएका छन्।

भीएफएस ग्लोबल भिसा सेन्टरमा भिसाको कामले श्रीमतीसहित पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएका सुरक्षागार्ड शेरजङ गुरुङ पक्राउ परेका थिए । सुरक्षा गार्ड गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएपछि विवाद भएको थियो ।

मन्त्री त्यहाँबाट फर्किएसँगै प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले गुरुङमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान सुरु गरेको छ।

यसो भन्छन् मन्त्री श्रेष्ठ

मलाई दिइएको समयअनुसार शुक्रबार त्यहाँ पुगेको थिएँ । म लाइनमा नै लागेको थिएँ । त्यहाँको नियमअनुसार नै लाइनमा लागेको हुँ । मभन्दा अगाडि एक जना अर्को मान्छे थियो । त्यसपछि मेरो श्रीमती हुनुहुन्थ्यो र त्यसपछि म थिएँ । म लाइनमा हुदाँहुँदै पनि ममाथि दुर्व्यवहार भयो ।
मेरो पीएसओले उहाँ मन्त्री ज्यू हो भन्दा पनि ‘म मन्त्रीसन्त्री कोहीकसैलाई पनि चिन्दैन’ भनेर भन्यो । त्यो भिसा सेन्टर पनि त नेपाली नागरिकले तिरेको शुल्कबाट चलिरहेको छ । उसले भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन नि ! म उछिनेर गएको पनि होइन । मैले आफैंले पनि म मन्त्री हो भनेर भनेको थिएँ । त्यहाँ उसले ठेलमठेल पनि गर्‍यो ।
त्यसपछि मेरो पीएसओ पनि त्यहाँ रहेको र सुरक्षा निकायका साथीहरु पनि त्यहाँ भएको हुनाले उहाँहरुले ममाथि नै दुर्व्यवहार भएको देखेपछि आफ्नो प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाएको हो । मैले कारबाहीका लागि निर्देशन दिइरहनुपर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक