2026-07-24 11:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीलाई रोक्ने सुरक्षा गार्डलाई पाँच दिन थुनामा राखिने, श्रेष्ठ भन्छन्– मन्त्रीमात्रै खराब भन्ने

भदौ १९, काठमाडौँ | पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्न’ निर्देशन दिँदा भनाभनपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राखिने भएको छ ।

मन्त्री श्रेष्ठ क्यानडाको भिसाका लागि सो स्थानमा पुगेका थिए । त्यहाँ रहेका गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न भनेपछि भनाभन भएको स्रोतले जानकारी दिएको छ ।

त्यसपछि मन्त्रीका सुरक्षा गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए ।

पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ ।

यता मन्त्री श्रेष्ठले भने सेक्युरिटि गार्डको व्यवहार नै रुखो र मन्त्री भन्ने जानेपछि दुर्व्यवहारको प्रयास गरेको बताएका छन् ।

उनले सोमबार बिहान पनि सामाजिक सञ्जालमार्फत् मन्त्री र नेता नै खराब हुन् भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

“छायाँ सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिक्रियामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिक्रिया स्वाभाविक छ तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटिमाथि दुर्व्यवहार गरिएकाले सेक्युरिटिले आफ्नो निकायष्मा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेरमात्रै प्रतिक्रिया दिन र सबै नेता/मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक