2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धन सिट बाँडफाँट : कांग्रेस संस्थापन पक्ष ८३ सिटमा तयार !

September 12, 2022

भदौ २७, काठमाडौँ | सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगै कार्यदलको बैठक जारी छ। जसरी पनि बाँडफाँट टुंग्याउने गरी बसेको बैठकअघि नेताहरुले अन्तरपार्टी छलफल गरेका छन्।

अन्तरपार्टी छलफलमा नेपाली कांग्रेसले ८३ सिटसम्म चित्त बुझाउनुपर्ने सम्भावना रहेको विषयमा समेत छलफल भएको छ। तर कांग्रेसकै डा शेखर कोइराला पक्ष ९० नछाड्ने गरी अन्य पार्टीलाई मनाउनुपर्ने पक्षमा रहेको एक नेताले जानकारी दिए।


उनले भने, ‘गठबन्धन टुट्न दिनुहुँदैन। सबैलाई मिलाएर जानुपर्छ। मिलाएर जाँदा हामीले पाउने ८३ वा ८४ हो भनेर संस्थापन पक्षबाट कुरा आएको छ।’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा गठबन्धन कुनै पनि हालतमा टिकाउने बताएका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रम बोल्दै उनले गठबन्धनकै कारण अहिले आफ्नो पार्टी सरकारमा रहेको, मुख्यमन्त्री र मन्त्री समेत हुन पाएको बताएका थिए। ओली हटाउनका लागि गठबन्धन गरिएको र त्यसले कांग्रेसलाई लाभ मिलेको उनको भनाइ थियो।

देउवाले थपे– ‘पहिले केही थिएन। अहिले सरकार हाम्रो नेतृत्वमा छ। हाम्रा मुख्यमन्त्रीहरू छन्, मन्त्री बनेका छन्। भोलि पनि हुन्छन्।’ गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको बताउँदै  यो ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र रहेको उनको भनाइ छ।

कांग्रेस हाल १०० सिट दाबी गर्दै आएको छ। ९० सिटभन्दा तल ओर्लिन नहुने संस्थापन पक्षइतरको सुझाव छ। संस्थापन पक्षको हिसाब छ, ’८३-८४ सिट पाइयो भने ७५ सम्म जितिन्छ। समानुपातिकबाट ४० वरपर आउँछ। यस्तो हुँदा ११५ सिट कांग्रेसको हुन्छ। फेरि सरकार बनाउन कुनै साना दल लिँदा पुग्छ। पाँचै दल चाहिँदैन।’

डा कोइराला पक्ष भने बहुमत आउने गरी कांग्रेसले सिट राख्नुपर्ने बताइरहेका छन्। ८४ मा चित्त बुझाउँदा बहुमत नआउने सो पक्षको भनाइ छ। यही प्रस्तावलाई लक्षित गर्दै उनले आइतबार मोरङमा आयोजित कार्यक्रममा ७०÷८० सिट लिएर कांग्रेसको बहुमत नपुग्ने बताए।’ ७०/८० सिट लिएर नेपाली कांग्रेसको बहुमत त हुँदैन। त्यसैले मैले भनिरहेको छु, १०० सिट नेपाली कांग्रेसले लिनुपर्छ। अनि मात्रै गठबन्धनसहित बहुमतको सरकार बनाउन सक्छौं,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ