पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २८, खोटाङ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले स्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

खोटाङस्थित प्रेस चौतारी नेपालले मङ्गलबार दिक्तेलमा आयोजा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको सिमा निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकतालगायतका विषयमा सत्तारुढ दलको स्पष्ट धारणा नआएको बताउनुभयो ।

एमाले दिक्तेल नगर कमिटिको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा यहाँ आउनुभएका नेता पाण्डेले भन्नुभयो– “संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ, यसका विषयमा सरकारको ठोस अवधारणा आउनुपर्छ ।”

प्रदेशको सीमाङ्कनका क्रममा सुनसरी र कैलाली फुटाउने/नफुटाउने, तराई– पहाड अलग गर्ने/नगर्ने लगायतका विषयमा सत्तारुढ दलभित्रै विवाद रहेका कारण उनीहरुको एकिकृत संशोधन प्रस्ताव आउन कठिन भएको उहाँले उल्लेख गर्नुभयो । रासस