2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जबराले सरकारले नजरबन्दमा राखेको आरोप लगाएपछि मानवअधिकार आयोगको टोली पुग्यो बालुवाटार

September 18, 2022

असोज २, काठमाडौँ | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। मानव अधिकार आयोगको टोली जबरालाई नजरबन्द बनाएको विषयमा बुझ्नको लागि अहिले बालुवाटरमा पुगेको छ।


मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले घटनाको जानकारी लिन जबरा बस्दै आएको सरकारी निवास पुगेको पुष्टि गरे।

प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै राखेको आरोप जबराले लगाएका छन्। जबरा हाल बालुवाटारस्थित सरकारी निवासमा छन्। निवास अगाडी सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ। निवासबाट निस्किने गाडीलाई पनि प्रहरीले चेक गरेर मात्र बाहिर जान दिएको छ।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ। त्यसपछि शनिवार नै जबराले अदालत हाजिर हुने बताएका थिए। आइतबार बिहानैदेखि अदालत परिसरमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखियो। त्यसो त केही अधिवक्ता र विभिन्न सङ्गठनमा आबद्ध अधिवक्ताहरू पनि विरोधको लागि तयारी अवस्था थिए। एका दुई जना जबराको स्वागतको लागि हातमा खादा बोकेर पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ