2026-07-25 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न स्वतन्त्र उम्मेदवारहरूको माग

असोज २, काठमाडौँ | लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केहि समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रष्टिकरणका लागि निवेदन दर्ता भएको हो । आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले संयुक्त रूपमा हाम्रो नेपाल पार्टीको लौरो चिन्ह बारेमा प्रष्टिकरण दिन निवेदन दर्ता गराएका हुन्। 

स्थानीय तहको निर्वाचनमा आयोगले ‘लौरो’ चुनाव चिन्ह केहि उम्मेदवारहरूलाई प्रदान गरेकोमा हाल सोहि चुनाव चिन्हलाई हाम्रो नेपाल पार्टीले स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रचार प्रसार गरिरहेको छ। यो निर्वाचन चिन्ह आयोगले २०७९ असार २९ गते (सि.नं. ११४, दर्ता नं. १८८०) अनन्तराज घिमिरेको अध्यक्षतामा रहेको ‘हाम्रो नेपाली पार्टी’ नामको दललाई दिइ सकेको छ । यद्यपि दलको रुपमा दर्ता भएपछि पनि उक्त पार्टीले भने आफूलाई स्वतन्त्र भनेर दावी गर्ने गरेको र चुनाव चिन्ह समेत स्वतन्त्रहरूको साझा भन्ने गरेकाले उक्त क्रियाकलाप कानुन विपरित क्रियाकलाप भएको उजुरी पत्रमा लेखिएको छ । 

‘दलका रूपमा दर्ता भएपछि कसरी त्यो स्वतन्त्र रह्यो ? र, निर्वाचन आयोगले पार्टी दर्ता गर्दा नै यो स्वतन्त्रहरुको साझा चुनाव चिन्ह भनेर दर्ता गरेको त होइन होला नि !,’ उजुरी कर्ता कँडेलले भने, ‘हाम्रो नेपाल पार्टी भनेर दर्ता भइसकेपछि अब यस निर्वाचन आयोगले लौरो चुनाव चिन्हका बारेमा प्रष्ट पारिदिनुपर्छ।’

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले पनि पार्टी दर्ता गर्दा साझा चुनाव चिन्ह भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्। उनले हाम्रो नेपाल पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो  चुनाव चिन्ह खारेज गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक