Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नेकपा एमालेका उप—महासचिव तथा पूर्व अर्थमन्त्री पौडेल दाङमा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता । भदौ, २९ दाङ । नेकपा एमालेका उप–महासचिव तथा पूर्व अर्थ मन्त्री विष्णु पौडेल दाङ आएका छन् । बिगतका केही महिना यता एमाले दाङमा देखिएको विवाद समाधान गर्न पौडेल मंगलबार दाङ आएका हुन् । प्रदेश नम्बर ५ का संयोजक समेत रहेका पौडेलले मंगलबार नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासी, राप्ती अञ्चल ईञ्चार्ज खेममान खड्का, दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरी, जिल्ला अध्यक्ष जोगबहादुर राना, जिल्ला सचिव हुकुम बस्नेत, पूर्व जिल्ला अध्यक्ष सहित राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरुसँग छुट्टाछुट्टै र सामुहिक भेटघाट तथा छलफल गरेका छन् ।

उक्त अवसरमा बोल्दै संयोजक पौडेलले व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । नेकपा एमालेको जनलहर देशव्यापीरुपमा बढेको चर्चा गर्दैै उनले दाङमा पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताए । पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई विशेष निर्देशन दिँदै नेता पौडेलले व्यक्तिगत र गुटगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए । दाङको पार्टीलाई एकताबद्ध नबनाउँदा सम्म आफू जिल्लामै रहने जानकारी दिँदै उनले भने, ‘पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले देश र जनताको पक्षमा अत्यन्तै राम्रो काम गरेको छ, जसले गर्दा जनता एमालेको पक्षमा छन्, तपाईहरु सबै एमाले सरकारले गरेको राम्रो कामको प्रचारमा लाग्नुहोस् । यो समय आन्तरिक खिचातानी गर्ने होइन । पार्टी निर्माणमा लाग्नुपर्ने बेला भएकाले तपाईँहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी निर्माणमा लाग्न निर्देशन समेत दिए ।’ अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको र संविधान निर्माणका लागि एमालेले पहलकदमी लिएकाले संविधान कार्यान्वयनका लागि गाउँगाउँसम्म पनि एमालेले अभियान चलाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले संविधान कार्यान्वयनका लागि सबैले भुमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।