2026-07-25 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा सत्ता गठबन्धन संकटमा, एकीकृत समाजवादी बाहिरिने विषयमा छलफल

असोज २४, नुवाकोट | कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनमा आवद्ध दलबीच किचलो बढेको बढेको छ । 

गठबन्धनबीच भागबण्डामा समाजवादीले जिल्लाका प्रतिनिधिसभमा दुई प्रदेशसभाका चार सिटमध्ये एउटा प्रदेशसभा पाउने सहमति केन्द्रमा भएको थियो । तर, उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र माओवादीले माथिको सहमति लत्याउँदै उम्मेदवारी दर्ता गराएपछि विवाद बढेको हो । 

तीन दलबीचको समझदारीअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–२  (क) समाजवादीको भागमा परेको थियो । समाजवादीले पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस–माओवादीले माथिको निर्णय उल्ट्याएको भन्दै समाजवादीबाट लोहनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेस र माओवादीको सहमतिअनुसार रामप्रसाद ढुंगानाले सोही क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको छ । 

उम्मेदवारी मनोनयनको केही घण्टाअघि मात्र आइतबार कांग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरी समाजवादीको टिकट खोसेका हुन् । 

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा काँग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् । 

प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाइसकेका थिए । अन्तिम समयमा आएर दुई दलले प्रदेशसभाको क्षेत्र साटफेर गरी आफ्नो दललाई प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै क्षेत्रमा प्रतिनिधित्वविहीन बनाउन खोजेको भन्दै समाजवादीले गठबन्धन तोडेने चेतावनी दिएको छ । 

समाजवादीको भागमा परेकोे प्रदेश (क) मा माओवादीबाट ढुंगाना र  माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् ।

समाजवादीका जिल्ला इन्चार्जसमेत रहेका राजेन्द्रप्रकाश लोहनीले आफूहरु गठबन्धनमा बस्नुको औचित्य नभएको बताए । माओवादीले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोड्नेबारे शीर्ष नेतृत्वसँग कुराकानी गरिरहेको उनले बताए । ‘हामीले केही नपाउने र कांग्रेस र माओवादीलाई जिताइदिनुपर्ने हो भने गठबन्धनमा रहनुको अर्थ नै के रह्यो र ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक