२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता

२०७९, २७ आश्विन बिहीबार ०७:१४

असोज २७, काठमाडौं | नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका ठाकुरकुमार विकले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका नेता सागर केसीलाई समर्थन गर्दै विकले उम्मेदवारी फिर्ता गरेका हुन् । 


सत्ता गठबन्धनमा बाँडफाँट हुँदा अर्घाखाँची प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रको भागमा परेको भए पनि सो ठाउँ आफूले पाउनु पर्ने दाबी गर्दै जनमोर्चाले उम्मेदवारी दर्ता गराएको थियो । 

अर्घाखाँचीमा निर्णयक भनिएको जनमोर्चाले आफ्नो अडान कायमै राखेपछि केन्द्रको दबाबमा बिक उम्मेदवारी फिर्ता गर्न सहमत भएको माओवादी स्रोतले जनाएको छ । विकको उम्मेदवारी फिर्तासँगै अर्घाखाँचीमा प्रदेश सभा क को लागि एमालेका चेतनारायण आचार्य र जनमोर्चाका नेता सागर केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसको भागमा परेको अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । एमालेका  केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उम्मेदवारी दिएको यो क्षेत्रमा स्वतन्त्रबाट पत्रकार हरिप्रसाद भुसाल चुनावी मैदानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा