सुरेन्द्र भण्डारी/भदौ २९, झापा । दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । 

जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरेन्द्र भण्डारी/भदौ २९, झापा । दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । 

जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एघार स्थानीय तह, एक उपमहानगर, सात नगर र तीन गाउँपालिका प्रस्ताव

२९ भाद्र २०७३, बुधबार ०५:५२

सुरेन्द्र भण्डारी/भदौ २९, झापा । दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । 

जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्गत झापामा एउटा उपमहानगरपालिका, सात नगरपालिका र तीनवटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङ्ख्यामा सहमति भएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो । 

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले भूगोल र जनसङ्ख्याका आधारमा झापामा ११ वटा स्थानीय तह रहने प्रस्तावमा सहमति जुटाएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजकसमेत रहनुभएका ओझाले बताउनुभयो । 

भूगोल र जनसङ्ख्याका आधारमा झापामा तह निर्धारण गरिएको हो । यसका लागि २०६८ सालको राष्ट्रिय जनगणनालाई जनसङ्ख्याको आधार बनाइएको छ जसअन्तर्गत झापामा दलको सहमतिअनुसार मेचीनगरलाई उपमहानगरपालिका प्रस्ताव गरिएको छ । 

त्यस्तै, अब बन्ने नगरपालिकाको नाम विभिन्न इकाई सम्मिलित गरी वीरता, दमक, भद्रपुर, कनकाई, गौरादह, शिवसताक्षी, अर्जुनधारा नगरपालिका प्रस्ताव गरिएको छ । त्यस्तै, विभिन्न इकाई सम्मिलित भई बन्ने तीन गाउँपालिकाको नाम बाह्रदसी, कचनकवल र कमल प्रस्ताव गरिएको छ । 

एघार स्थानीय तहमध्ये मेचीनगरलाई मेची उपमहानगरपालिका प्रस्ताव गरिएको छ, जसका लागि मेचीनगर, बाहुँनडाँगी, ज्यामिरगढी, धाइजन, दुहागढी र शान्तिनगर इकाई सम्मिलित गरिने प्रस्ताव छ । सो उपमहानगरको केन्द्र इँटाभट्टा प्रस्ताव गरिएको छ । ती इकाई सम्मिलित गर्दा सो उपमहानगरको जनसङ्ख्या एक लाख ३० हजार ३८६ पुग्छ । 

सात नगरपालिकामध्ये बिर्तामोड नगरपालिका र गरामनी गाविस सम्मिलित गराई वीरता नगरपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र बिर्ताबजार रहने प्रस्ताव गरिएको छ भने यसको जनसङ्ख्या ८१ हजार ७७८ रहेको छ । 

लखनपुरसमेत जोडेर दमक नगरपालिका बनाइने र केन्द्र दमकमै रहने प्रस्ताव गरिएको छ जसको जनसङ्ख्या ९५ हजार ५२१ रहनेछ । गौरादह, खजुरगाछी र गौरीगञ्ज इकाई सम्मिलित गौरादह नगरपालिकाको केन्द्र गौरादह रहनेछ, त्यसो गर्दा त्यहाँको जनसङ्ख्या ६७ हजार ५३५ पुग्नेछ । 

शिवसताक्षी, धरमपुर र पाँचगाछी इकाई सम्मिलित शिवसताक्षी नगरपालिकाको केन्द्र व्याङ्डाँडा रहने प्रस्ताव छ जसअनुसार त्यहाँको जनसङ्ख्या ६४ हजार ५९६ रहनेछ । साबिक शिवगन्ज गाविसको माईपूर्वको भाग सो स्थानीय तहमा समावेश गरिएको छैन । 

कनकाई नगरपालिका तथा शरणामती, टाघनडुब्बा र कुमरखोद गाविस इकाई सम्मिलित कनकाई नगरपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र चप्रामारी वा शरणामती प्रस्ताव गरिएको र त्यहाँको जनसङ्ख्या ७४ हजार ९९५ पुग्नेछ । त्यसरी बन्ने कनकाई नगरपालिकामा साबिक शिवगञ्जको माईपूर्वको भाग, डाँगीवारीको विरीङ पश्चिमको भाग र शनिअर्जुनको ३ नम्बर वडाको दही झोडासमेत समावेश गर्ने प्रस्ताव गरिएको छ । 

भद्रपुर नगरपालिका, पृथ्वीनगर, जलथल र हल्दिवारी गाउँ सम्मिलित भई भद्रपुर नगरपालिकाको प्रस्ताव गरिएको छ । नगरपालिकाको केन्द्र भद्रपुर रहने प्रस्ताव छ भने जनसङ्ख्या ८६ हजार ८१६ रहनेछ । 

शनिअर्जुन नगरपालिका, बुधवारे र खुदुनावारी सम्मिलित अर्जुनधारा नगरपालिका बनाउने र त्यसको केन्द्र शनिश्चरे बजार रहने प्रस्ताव गरिएको छ । त्यसमा शनिअर्जुन ३ नम्बर वडा दहीझोडा क्षेत्र भने समावेश हुने छैन । त्यसो गर्दा अब त्यहाँको जनसङ्ख्या ८३ हजार १४१ हुनेछ । 

डाँगीवारी, चकचकी, गोलधाप र राजगढ गाविस सम्मिलित गरी बाह्रदशी गाउँपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र चकचकीबजार रहने प्रस्ताव छ भने जनसङ्ख्या ४१ हजार ३०३ हुनेछ । त्यसो गर्दा डाँगीवारीको विरीङ पश्चिमको भाग समावेश गरिनेछैन भने घेराबारी पारिको क्षेत्र समावेश गरिनेछ ।

प्रस्तावित अर्को गाउँपालिका कचनकवलमा घेराबारी, पथरीया, बालुवाडी, केचना, पाठामारी र बनियानी गाविस इकाई सम्मिलित गरिनेछ । त्यसको केन्द्र बनियानी बजार प्रस्ताव गरिएको छ भने जनसङ्ख्या ३९ हजार ५३८ हुनेछ । त्यसमा घेराबारीको विरीङ पारिको क्षेत्र समावेश हुनेछैन । 

तोपगाछी, बैगुन्धुरा, महाभारा र कोरोबारी गाविस सम्मिलित कमल गाउँपालिका प्रस्ताव गरिएको छ जसको केन्द्र क्याम्पाबजार हुने प्रस्ताव छ भने त्यहाँको जनसङ्ख्या अब ४२ हजार ४७८ पुग्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ