2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ला पुगेर ज्ञानेन्द्र शाहीलाई प्रचण्डको चेतावनी : प्रेत–आत्माहरुको चिच्याहट धेरै रहँदैन

कात्तिक २२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीले जिते संविधान उल्टिने चेतावनी दिएका छन्। 

गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरंकुशता फर्किने चेतावनी दिए। उनले ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरु जुम्लातिर पनि चिच्यारहेको टिप्पणी गरे।


उनले भने, ‘इतिहास र जनताको बलिदानले प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेछन्। प्रेतआत्माहरु जुम्लातिर पनि चिच्याइरहेको खबर सुनेको छु। यस्ता प्रेतआत्माहरुको चिच्याहट धेरै रहँदैन। कर्णालीका जनताले यस्ता निरंकुशतावादी र प्रतिगमनकारीलाई परास्त गरी रेकर्ड कायम गर्नुहुनेछ।’

उनले कर्णालीबाट प्रतिगमनकारीलाई शून्य बनाएर छोडिदिन जुम्ली जनतालाई अनुरोध गरे। कर्णाली प्रदेश जागरण र परिवर्तनको पक्षमा हो भन्ने सन्देश यसपटक गठबन्धनका उम्मेदवारलाई जिताएर पुष्टि गर्न उनले आग्रह गरे। 

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले जनता सामु गएर मत माग्ने कुनै अधिकार नभएको बताए। उनले भने, ‘केपी ओलीलाई जनताका बीचमा गएर भोट माग्ने नैतिक अधिकार छैन। हिजो हाम्रो सहयोगमा बनेको दुई तिहाइको सरकार जोगाउन नसक्ने, लोकतन्त्र र संविधानमाथि घात गर्नेले कसरी भोट माग्न मिल्छ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक