सन्तोषकुमार गुप्ता । भदौ, ३० दाङ । प्रदेश नंबर पाँचको उच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ, ३० दाङ । प्रदेश नंबर पाँचको उच"/>
2026-09-19 03:20 PM
दाङ्ग - DNG

प्रदेश नम्बर ५ को उच्च अदालत दाङको तुलसीपुरमा, प्रान्तीय राजधानी दाङ नै हुने सम्भावना

सन्तोषकुमार गुप्ता । भदौ, ३० दाङ । प्रदेश नंबर पाँचको उच्च अदालत दाङको तुलसीपुरमै हुने भएको छ । बुधबार मन्त्रीपरिषदको बैठकले सात प्रदेशको मुकाम रहने स्थान तोकेको छ । जसमा प्रदेश नंम्बर पाँचको उच्च अदालत दाङको तुलसीपुरमा रहने उल्लेख गरेको छ । संसदले १४ वटा पुनरावेदन अदालत विघटन गरी सात उच्च अदालत गठन गर्ने विधेयक यसै साता पारित गरेको थियो । नेपालको संविधानले सात प्रदेशमा एक एक उच्च अदालत रहने व्यवस्था गरेको छ । आगामी असोज ३ भित्रमा उच्च अदालत गठन भइसक्नुपर्ने संवैधानिक प्रावधान छ । यसैलाई मध्यनजर गरेर सरकारले सात उच्च अदालत रहने स्थान तोकेको हो ।

जसअनुसार, प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङको तुलसीपुर , ६ को सुर्खेत र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहने निर्णय बुधबारको मन्त्री परिषद् बैठकले गरेको छ । प्रदेश नंबर ५ को उच्च अदालत दाङमै हुने भएपछि प्रान्तिय राजधानी दाङमै हुने प्रायः निश्चित भएको छ । दाङको तुलसीपुरमा उच्च अदालत बनाउने मन्त्रिपरिषदको निर्णय भएसंगै प्रान्तिय राजधानी पनि दाङमै हुने बलियो आधार बनेको छ । 

संबिधानमा जहाँ उच्च अदालत हुन्छ त्यहाँ प्रान्तिय राजधानी बनाईने ब्यबस्था छ ।हालका प्रदेशमा दुईभन्दा बढी पुनरावेदन अदालत रहेकोमा अब एउटालाई उच्च अदालत र अर्कोलाई उच्च अदालतकै अर्को इजलासका रूपमा मान्यता दिइनेछ । नयाँ संविधानले सर्वोच्च , उच्च र जिल्ला अदालत गरी तीन तहको न्यायप्रणाली व्यवस्था गरेकाले पुनरावेदन अदालत खारेज गरी उच्च अदालत गठन हुन लागेका हुन् । पुनरावेदन अदालतमा छिन्न बाँकी मुद्दा, निवेदन वा प्रतिवेदनहरू सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सम्बन्धित उच्च अदालतमा सारिनेछन । उच्च अदालतबाट शुरु कारबाही र किनारा हुने मुद्दाका साथै आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्रका जिल्ला अदालते गरेका फैसलाको पुनरावेदन सुन्ने अधिकार उच्च अदालतलाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह