2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदातालाई रेखा थापाको प्रश्न- छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने?

कात्तिक २५, मोरङ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले 'पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने' भन्दै मतदातालाई प्रश्न गरेकी छन्।

शुक्रबार थापाले घरदैलो कार्यक्रममा बेलबारी-२ पुगेर भनिन्, 'पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो। आफ्नो सन्तान बचाउन नसक्ने तपाईंको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कस्को लागि जोगाइदिने? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ?'

थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन्।


भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय बर्बाद गर्न नहुनेमा उनले जोड दिएकी छन्।

उनले भनिन्, 'म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु। कुनै नेताको पछाडि जिन्दावाद र मुर्दावाद भन्दै नदौडिनुहोला। आज जुन नेताको पछि दौडनु हुन्छ ती नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाहा छैन।'

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन्।

उनले भनिन्, 'काम सघाउँदा बरू आमा त खुसी हुन्छिन्। त्यो तपाईंको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईंलाई चिन्दैन। केको लागि हिँड्ने जिन्दावाबाद, जिन्दावाद गर्दै?'

थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर गरेकी छन्।

जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने उनले बताएकी छन्।

उनले भनिन्, 'जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ। ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु। अहिले म नितान्त तपाईंहरूको सेवक बन्न आएकी हुँ। ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमति दिनुहोस् भन्न आएको हुँ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक