2026-07-25 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखाका दुई जनालाई मन्त्री बनाउँछु, जिताइदिनुस् : प्रचण्ड

कार्तिक २७, काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि ‘नेपालमा गर्न नसकिने केही नरहेको’ दाबी गरेका छन्। 

चुनाव प्रचारप्रसारका क्रममा आइतबार हेलिकोप्टर चार्टर गरी चुमनुब्री-३ सिर्दिबासको फिलिम पुगेका प्रचण्डले सभामा बोल्दै आफूहरु दुई मिलेपछि नेपालमा सबै काम गर्न सम्भव हुने बताएका हुन्।

‘गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्द न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिइनेछ। यो प्रस्ताव म शेरबहादुर देउवाजीसँग राख्नेछु’, स्थानीय भेषभुषमा सजिएका प्रचण्डले सभामा बोल्दै भने, ‘अहिले नेपालमा शेरबहादुर देउवा र प्रचण्ड मिलेपछि नहुने केही पनि छैन।’ 

उनले प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र बजगाईँलाई र प्रदेशसभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुखमा मतदान गर्न र समानुपातिकमा नेकपा माओवादी केन्द्रलाई हँसिया हथौडामा मतदान गर्न आग्रह गरे। 

जनताले जिताएपछि दुवै जनालाई मन्त्री बनाउने जिम्मेवारी आफूले लिने उनको दाबी थियो। आफू जहाँ गयो त्यहीँका स्थानीयवासीले विज्ञप्तिमार्फत विभिन्न समस्या राखी समाधानको माग गरेकाले आफू त्यसप्रति संवेदनशील रहेको उनको भनाइ थियो।

उनले यसअघि चुमनुब्रीकै छेकम्पार, सामागाउँको चुनावी सभामा सम्बोधन गरेका थिए। त्यहाँबाट उनी धार्चेको माछाखोला र बारपाकको चुनावी सभामा सहभागी भई सहिदलखनको घैरुङको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक