१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललितपुर १ का रास्वपा उम्मेदवार डा. सचिन घिमिरे अनसनमा

२९ कार्तिक २०७९, मंगलवार ०७:०९

कात्तिक २९ ललितपुर | ललितपुर क्षेत्र नं. १ का उम्मेदवार डा. सचिन घिमिरेले आमरण अनसन शुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका घिमिरेले सात सूत्रीय माग अघि सार्दै गोदावरीको टाखेलमा मंगलबारदेखि अनसन शुरु गरेका हुन् ।


ललितपुर-१ का निवर्तमान सांसदले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको भनी दावी गरेकाले अघिल्लो कार्यकालमा सांसदको पहलमा आएको बजेटको आय-व्यय विवरण सार्वजनिक हुनुपर्ने उनको मुख्य माग छ ।

उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने माग समेत राखेका छन् । ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले उनीहरुको माग पूरा गरिदिनुपर्ने उनको अर्को माग छ ।

घिमिरेले गोदावरी नगरपालिकाका किशोरीहरुलाई अहिले आइरन चक्की बाँड्ने काम भइरहेको र त्यसको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने मागसमेत राखेका छन् । उनले कोञ्ज्योसोम र माल्टाका दुई रोगीको उपचारको माग गरेका छन् । साथै आश्राङ गाउँका दुई बालबालिकाको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको लालनपालन र शैक्षिक व्यवस्थापनको माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण