2026-08-29 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

मङ्सिर ४, धादिङ | बाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा  (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मतदान गर्नुभएको छ । 

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका–२ को वडा कार्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।उहाँले मतदातासँग लाइनमै बसेर मतदान गर्नुभएको हो । 

मतदानपछि प्रतिक्रिया दिनुहुँदै पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो । 

पाण्डेसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी प्रतिस्पर्धामा हुनुहुन्छ । त्रिपाठीले बेनिघाट रोराङ गाउँपालिका–३ को बागेश्वरी माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

धादिङ क्षेत्र नं २ प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले नीलकण्ठ नगरपालिका-६ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का खेमप्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका-७ सालबास मावी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्मकट्टेलले गजुरी गाउँपालिका-७ कटुञ्जे किराञ्चोक मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

त्यस्तै पूर्व गृहमन्त्री तथा राप्रपा उपाध्यक्ष बुुद्धिमान तामाङले रुविभ्याली गाउँपालिका-४ को मुक्राबदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  साथै पूर्व जलस्रोत राज्यमन्त्री ठाकुरनाथ शर्माले गजुरी गाउँपालिका–१ को आदर्श मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो