2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यक्षतर्फ अब आठ सिटको टुङ्गो लाग्न बाँकी, कांग्रेसको अग्रता कायमै

मङ्सिर ११, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । 

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै,  राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक र जनमत पार्टीले एक सिट जितेको छ । त्यसैगरी पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

आयोगका अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ भने दोलखाका केही मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।

क–कस्ले जिते ?

कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादु देउवा, योगेश शेरचन, टेकबहादुर गुरुङ, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, मोहन आचार्य, उदय शमशेर जबरा, शंकर भण्डारी, राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । 

साथै, कांग्रेसका रमेशकुमार रिजाल, हृदयराम थानी, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, अजयकुमार चौरसिया, राजेन्द्र बजगाँई, खमबहादुर गर्बुजा, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, दिलेन्द्र प्रसाद बडू, रमेश लेखक, एनपी साउँद, दिक्पालकुमार शाही, दुर्लभ थापा, शशांक कोइराला, रामचन्द्र पौडेल, किशोरसिंह राठोर, देवप्रकाश तिमल्सिना, दिनेश कुमार यादव, राम नाथ अधिकारी, पूर्णबहादुर खड्का पनि निर्वाचित हुनुभएको छ । 

आयोगका अनुसार कांग्रेसका विष्णु कुमार कार्की, श्यामकुमार घिमिरे, दीपक गिरी, सञ्जय गौतम, विनोद चौधरी, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, शेखर कोइराला, डिल्लीराज पन्त, चन्द्रकान्त भण्डारी, राजु थापा, दीपक खड्का, सुरेन्द्र राज आचार्य, सीता गुरूङ, सुनिलकुमार शर्मा, अर्जुननरसिंह केसी, तेजुलाल चौधरी, ऐनबहादुर शाही, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बू, पूर्णबहादुर तामाङ पनि निर्वाचित हुनुभएको छ । 

त्यसैगरी नेकपा (एमाले)बाट अम्बरबहादुर रायमाझी, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकर्ण विष्ट, देवराज घिमिरे, केपी शर्मा ओली, योगेश भट्टराई, राजकुमार गुप्ता, टोपबहादुर रायमाझी, सूर्य थापा, पृथ्वीसुब्बा गुरुङ, महेश बर्तौला, मानवीर राई, पदम गिरी, लालप्रसाद साँवा लिम्बु, बासुदेव घिमिरे, राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ । 

आयोगका अनुसार एमालेका विद्या भट्टराई, सूर्य प्रसाद ढकाल, राम शंकर यादव, दामोदर भण्डारी, तारा लामा तामाङ, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, दामोदर पौडेल ’वैरागी’, हरिप्रसाद उप्रेती, ज्वालाकुमारी साह, अच्युतप्रसाद मैनाली, जुली महतो, मनबहादुर गुरूङ पनि निर्वाचित भइसक्नुभएको छ । 

त्यसैगरी लीलानाथ श्रेष्ठ, ठाकुरप्रसाद गैरे, ऋषिकेश पोखरेल, मंगलप्रसाद गुप्ता,  विष्णु पौडेल, गोकुल बाँस्कोटा, नारायणप्रसाद आचार्य,  छविलाल विश्वकर्मा, भीम आचार्य, सुवास नेम्वाङ, लक्ष्मी महतो कोइरी  र महेश बस्नेत निर्वाचित हुनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती, महिन्द्रराय यादव, सूर्यप्रसाद तामाङ(दोङ), छिरिङ डम्बुल लामा (भोटे) र महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्रप्रसाद पाण्डे, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, मेटमणि चौधरी, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी हुनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोविता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिशिर खनाल र तोसिमा कार्की निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव, नवलकिशोर साह सुडी, दीपक कार्की, राम सहायक प्रसाद यादव, राजकिशोर यादव र बीरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ ।

राप्रपाका राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर राणा, दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, दीपक बोहोरा र ज्ञानेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी हुनुभएको छ । 

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित हुनुभएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक