2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतगणना अपडेट : अहिलेसम्मको मतपरिणाम अनुसार एमालेलाई ३५ सिट, अरुले कति सिट पाउने ?

मङ्सिर १२, काठमाडौँ । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ ।

समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५/१५ सिट पाउने देखिन्छ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ र जनता समाजवादी पार्टी -जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।

हेर्नुहोस् समानुपातिक मतको विवरण

 दलको नाम  

कुल मत
पाउने सिट  
नेकपा एमाले
२५३०२१४
३५
नेपाली कांग्रेस
२३९६०९३
३३
रास्वपा
१०६२९८०
१५
माओवादी केन्द्र
१०६१२००
१५
राप्रपा
५४५१८८

जसपा
३२४३१०

जनमत
२६१२१५

एकीकृत समाजवादी
२५१४७६

कुल सदर मत
९८८९७१६

जनमत पार्टी र एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।

आज बिहान १० बजेसम्मको मतगणना अनुसार जनमत पार्टीले २ लाख ६१ हजार २१५ र एकीकृत समाजवादीले २ लाख ५१ हजार ४७६ मत पाएको छ । ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनासाथ भने ३ देखि ४ सिट पाउने देखिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार समानुपातिकमा तीन प्रतिशत कटाएका दलहरुको मतलाई सेन्ट लग विधिबाट हिसाब गरेर सिट निकालिन्छ । यो विधिमा हिसाब गर्दा १, ३, ५, ७, ९ अंकले भाग गरेर विभाजन गरी भागफल (क्यास्केट) निकाली सिटको बाँडफाँट गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक