2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले भेटे यस्तो क्षुद्रग्रह जसले धर्तीको ‘हत्या’ गर्नसक्छ

मङ्सिर १२, काठमाडौँ । चिलीको सेरो टोलोलो इन्टर–अमेरिकन अब्जरवेटरीमा नेशनल साइन्स फाउन्डेशनका वैज्ञानिकले यस्तो क्षुद्रग्रह पत्ता लगाएको छ जसले पृथ्वीको हत्या गर्न सक्छ । यो करिब डेढ किलोमिटर चौडा ढुङ्गा हो जुन अलिकति पनि नजिकबाट यात्रा गर्यो भने धर्तीमा ठूलो विध्वंश मच्चिन सक्छ । अझ ठोक्कियो नै भने थुप्रै महाद्वीपमा भयानक बर्बादी देख्न सकिनेछ । डायनासोर लोप हुने बेलामा जस्तो स्थिति देखिएको थियो, त्यस्तै स्थिति हुनसक्छ ।

यो क्षुद्रग्रहको नाम 2022AP7 राखिएको छ । यो हाल हाम्रो पृथ्वीभन्दा ७०.८१ लाख किलोमिटर टाढा सूर्यको कक्षमा धर्तीको चारैतिर चक्कर लगाइरहेको छ । यो दुरी पृथ्वीको चन्द्रको दुरीभन्दा १८ गुणा बढी हो । तर यो एक ‘पोटेन्सियल्ली हजार्ड्स एस्टेरोइड’ को श्रेणीमा राखिएको छ । वैज्ञानिकका अनुसार हालसम्म जति क्षुद्रग्रहबारे पत्ता लागेको छ, तीमध्ये यो क्षुद्रग्रहबाट मात्रै पृथ्वीलाई खतरा छ । यद्यपि, ठोक्किने सम्भावना न्युन छ । तर नजिकैबाट यात्रा गरेको खण्डमा पनि यसले ठूलो विनाश निम्त्याउँछ ।

In Pics: From 252-foot to 12-foot, 5 dangerous asteroids set to pass Earth  soon | Photos

कार्नेगी इन्स्टिच्युट फर साइन्सका एस्ट्रोनमर स्कट शेफर्डले भने, ‘हामी यस्ता क्षुद्रग्रहलाई ‘ग्रहका हत्यारा’ (Planet Killer) भन्छौँ । यदि यो धर्तीबाट ठोक्कियो भने यसले पूरा ग्रहमा ठूलो विनाश निम्त्याउँछ । यसका कारण थुप्रै महाद्वीपमा जीवन नष्ट हुनेछ । यो क्षुद्रग्रह ती तीन वस्तुमा समावेश छ जुन सूर्यको चर्को प्रकाशको मुनी लुकेका छन् । यो क्षुद्रग्रहको सबैभन्दा ठूलो खतरा यसको आकार हो किनभने यो धर्तीको वायुमण्डलमा आएपछि पूर्ण रुपमा जल्ने छैन । जति पनि हिस्सा बाँकी हुनेछ, त्यसले ठूलो विपत्ति लिएर आउनेछ ।’

2022AP7 पछिल्लो आठ वर्षमा पत्ता लागेको हालसम्मको सबैभन्दा ठूलो र खतरनाक क्षुद्रग्रह हो । यसलाई यस वर्ष सबैभन्दा पहिला जनवरीमा पत्ता लगाइएको थियो । तर सूर्यको प्रकाशको पछाडि भएका कारण यसलाई राम्रोसँग देखिएको थिएन । त्यसैले यसबारे अनुसन्धान गर्न समस्या भइरहेको थियो । त्यसपछि विश्वभरीका थुप्रै दुरबीनलाई यो काममा लगाइयो । त्यसपछि यसबारे केही जानकारी प्राप्त गर्न सकियो । यसबारे द एस्ट्रोनोमिकल जर्नलमारिपोर्ट प्रकाशित भएको छ ।

साउथवेस्ट रिसर्च इन्स्टिच्युटको प्लानेटरी बेकरले दिएको जानकारी अनुसार क्षुद्रग्रह 2022AP7 अर्को एक शताब्दी वा त्योभन्दा थोरै बढी समयसम्म धर्तीको दिशामा आउने छैन । तर त्यसपछि यो पृथ्वीको निकै नजिकबाट यात्रा गर्ने आशंका बढ्ने गर्छ किनभने हाम्रो धर्तीको गुरुत्वाकर्षण शक्ति निकै धेरै छ त्यसैले यसलाई धर्तीतर्फ तान्न सक्छ । यो क्षुद्रग्रह सूर्यतर्फ यस्तो दिशामा छ जसका कारण यो लगातार चम्किरहेको जस्तो देखिन्छ । यो जति जति धर्तीको नजिक आउँछ, यसको चमक त्यति नै बढ्दै जानेछ ।

यो क्षुद्रग्रह वायुमण्डलमा आएपछि एक चौथाई नष्ट हुनेछ अर्थात् यो जल्नेछ । तरपनि यसको बाँकी ७५ प्रतिशत हिस्साले पृथ्वीको ठूलो विनाश निम्त्याउनेछ । यो विनाश समग्र धर्तीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक