2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

मङ्सिर १३, कपिलवस्तु | यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । 

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको पन्थीले जानकारी दिनुभयो । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।

क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा पाँच दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा चार दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ । 

क्षेत्र नं १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा चार दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ  । 

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ । “हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन”, उहाँले भन्नुभयो ।

जिल्लामा कुल मतदाता तीन लाख ६८ हजार दुई ३२ रहेकामा दुई लाख ५३ हजार पाँच सय नौ मत खसेको थियो । जिल्लामा ६७ दशमलव दुई प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताउनुभयो ।

समानुपातिकमा एमाले पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ । कपिलवस्तुका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । योसँगै समानुपातिकतर्फ एमाले पहिलो पार्टी भएको हो ।

प्रतिनिधिसभातर्फ एमालेले ७२ हजार आठ सय १६ मत पाएको छ भने नेपाली कांग्रेसले ६१ हजार दुई सय १६ मत पाएर दोस्रो हुँदा १६ हजार दुई सय ५९ मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो भएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लामा १५ हजार चार सय १८ मत पाएर चौथो स्थानमा छ । जनमत पार्टीले १५ हजार दुई सय पाँच, नागरिक उन्मुक्ति पार्टीले नौ हजार तीन सय पाँच, जनता प्रगतिशील पार्टी नेपालले आठ हजार आठ सय ६२ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले आठ हजार आठ सय ४१ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले आठ हजार छ सय ७४ मत पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले आठ हजार चार सय ४७ मत पाएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले छ हजार चार सय ४७ मत पाएको छ । बहुजन शक्ति पार्टीले दुई  हजार सात सय ४१, राष्ट्रिय जनमोर्चाले एक हजार तीन सय १८, हाम्रो नेपाली पार्टीले एक हजार एक सय १४ मत पाएको छ । अरु साना दलहरूले पाएको मत एक हजारभन्दा कम छ । 

विसं २०७४ यता जन्मिएका जनमत, नागरिक उन्मुक्ति, जप्रपा, एकीकृत समाजवादीले जिल्लामा राम्रो मत पाएका छन् भने राप्रपाले पनि आफ्नो दबदबा बढाएको छ ।

जिल्लाका छ प्रदेशसभातर्फ पनि एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७५ हजार दुई सय ५२, कांग्रेसले ५८ हजार सात सय ३८, जनमत पार्टीले १७ हजार दुई सय १६, राप्रपाले १६ हजार एक सय ९८, माओवादीले १० हजार नौ सय ३८, नागरिक उन्मुक्ति पार्टीले १० हजार छ सय ६५, जसपाले १० हजार तीन सय २४, एकीकृत समाजवादीले नौ हजार एक सय ३६ मत पाएको छ ।

जनता प्रगतिशील पार्टीले आठ हजार पाँच सय ६७, लोसपाले पाँच हजार तीन सय ६८, बहुजन शक्ति पार्टीले तीन हजार एक सय ५०, हाम्रो नेपाली पार्टीले दुई हजार सात सय ६४, राष्ट्रिय जनमोर्चाले दुई हजार दुई सय ८८ मत पाएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक