2026-10-31 10:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

मङ्सिर १३, कपिलवस्तु | यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । 

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको पन्थीले जानकारी दिनुभयो । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।

क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा पाँच दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा चार दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ । 

क्षेत्र नं १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा चार दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ  । 

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ । “हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन”, उहाँले भन्नुभयो ।

जिल्लामा कुल मतदाता तीन लाख ६८ हजार दुई ३२ रहेकामा दुई लाख ५३ हजार पाँच सय नौ मत खसेको थियो । जिल्लामा ६७ दशमलव दुई प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताउनुभयो ।

समानुपातिकमा एमाले पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ । कपिलवस्तुका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । योसँगै समानुपातिकतर्फ एमाले पहिलो पार्टी भएको हो ।

प्रतिनिधिसभातर्फ एमालेले ७२ हजार आठ सय १६ मत पाएको छ भने नेपाली कांग्रेसले ६१ हजार दुई सय १६ मत पाएर दोस्रो हुँदा १६ हजार दुई सय ५९ मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो भएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लामा १५ हजार चार सय १८ मत पाएर चौथो स्थानमा छ । जनमत पार्टीले १५ हजार दुई सय पाँच, नागरिक उन्मुक्ति पार्टीले नौ हजार तीन सय पाँच, जनता प्रगतिशील पार्टी नेपालले आठ हजार आठ सय ६२ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले आठ हजार आठ सय ४१ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले आठ हजार छ सय ७४ मत पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले आठ हजार चार सय ४७ मत पाएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले छ हजार चार सय ४७ मत पाएको छ । बहुजन शक्ति पार्टीले दुई  हजार सात सय ४१, राष्ट्रिय जनमोर्चाले एक हजार तीन सय १८, हाम्रो नेपाली पार्टीले एक हजार एक सय १४ मत पाएको छ । अरु साना दलहरूले पाएको मत एक हजारभन्दा कम छ । 

विसं २०७४ यता जन्मिएका जनमत, नागरिक उन्मुक्ति, जप्रपा, एकीकृत समाजवादीले जिल्लामा राम्रो मत पाएका छन् भने राप्रपाले पनि आफ्नो दबदबा बढाएको छ ।

जिल्लाका छ प्रदेशसभातर्फ पनि एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७५ हजार दुई सय ५२, कांग्रेसले ५८ हजार सात सय ३८, जनमत पार्टीले १७ हजार दुई सय १६, राप्रपाले १६ हजार एक सय ९८, माओवादीले १० हजार नौ सय ३८, नागरिक उन्मुक्ति पार्टीले १० हजार छ सय ६५, जसपाले १० हजार तीन सय २४, एकीकृत समाजवादीले नौ हजार एक सय ३६ मत पाएको छ ।

जनता प्रगतिशील पार्टीले आठ हजार पाँच सय ६७, लोसपाले पाँच हजार तीन सय ६८, बहुजन शक्ति पार्टीले तीन हजार एक सय ५०, हाम्रो नेपाली पार्टीले दुई हजार सात सय ६४, राष्ट्रिय जनमोर्चाले दुई हजार दुई सय ८८ मत पाएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ