2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीले समानुपातिकमा थ्रेसहोल्ड कटाउला ?

मङ्सिर १३, काठमाडौँ | प्रतिनिधिसभाको समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, अहिलेसम्म उदयपुर–१, सुनसरीको ३ र ४ को मात्रै समानूपातिकतर्फ मतगणना चलिरहेको छ भने बाँकी जिल्लाको गणना टुंगिएको छ ।

गणना भइरहेका जिल्लाको पनि ७ देखि साढे ८ हजार मत गन्न बाँकी भएकाले कुल २५ हजारजति मत मात्रै गन्न बाँकी छ ।


निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु नै भएको छैन ।

हालसम्म गणना भएको मध्ये ९८ लाख ३० हजार ८८३ सदर छ । त्यसमा जनमतसहित ७ दलले ३ प्रतिशत मत पाएर थ्रेसहोल्ड कटाएका छन् ।

सत्तारुढ एकीकृत समाजवादीले भने २ लाख ७७ हजार ८६८ मत पाएको छ । यो कुल सदर मतको २.८३ मत हो ।

पछिल्लो केही दिनयता एकिकृत समाजवादी दलले कुल सदर मतको तुलनामा आफ्नो मत अनुपात बढाएपनि थ्रेसहोल्ड(३ प्रतिशत कटाउन सकेको छैन । पछिल्लो मतपरिणाम अनुसार उसलाई अहिलेको अवस्थामा थ्रेसहोल्ड कटाउन १६ हजार ७७८ मत पुग्दैन ।

मतगणना नै शुरु नभएका जिल्लामध्ये दोलखामा १ लाख ६१ हजार, बाजुरामा ८२ हजार ५६७ र स्याङजा–२ मा १ लाख १६ हजार कुल मतदाता छन् । त्यहाँ अन्यत्र झै औसत ६० प्रतिशत मत खसेको अनुमान गर्ने हो भने अरु २ लाख १५ हजार मत थपिन्छ ।

यसरी हेर्दा अब गणना हुने समानुपातिक मतमा एकीकृत समाजवादीले करिव २५ हजार पाएमाथ्रेसहोल्ड कटाउनसक्ने देखिन्छ ।

थ्रेसहोल्ड कटाउनासाथ समानूपातिकतर्फ कम्तिमा ४ सिट पाउँछ र राष्ट्रिय दल बन्छ । तर थ्रेस होल्ड कटाउन सकेन भने एकीकृत समाजवादीले पाएको पुगनपुग ३ लाख मत खेर जान्छ र समानूपातिकतर्फ कुनै सिट पनि पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक