२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा

२०७९, १४ मंसिर बुधबार १२:०८

मङ्सिर १४, काठमाडौँ | आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा (एमाले) बाट नेताहरु गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीका नेत्री सोविता गौतम निर्वाचित हुनुभएको छ । 

पत्रकारिता पृष्ठभूमिका वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ मत पाउनुभएको छ । वरिष्ठ नेता पौडेलले पञ्चायतकालमा ‘तरुण’ पत्रिकाको सम्पादक मण्डलमा बसेर काम गर्नुभएको थियो । 

त्यसैगरी महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ बाट ३९ हजार ६ सय २४ मतसहित विजयी हुनुभएको छ । एमालेका अग्निप्रसाद खरेलले २५ हजार तीन सय ४९ मत पाउनुभएको छ । महामन्त्री शर्मा ‘ऐना’ कार्यक्रमको प्रस्तोता हुनुहुन्थ्यो । अर्का महामन्त्री थापाले काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट २१ हजार तीन सय दुई मत प्राप्त गरी विजयी हुनुभएको छ । एमालेका राजन भट्टराईले भने १३ हजार आठ सय ५५ मत पाउनुभएको छ । थापा इमेज एफएममा कार्यक्रम प्रस्तोता तथा समाचार वाचक हुनुहुन्थ्यो । कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले ३० हजार पाँच सय ७५ मत लिएर विजयी हुनुभएको छ । २०४८ सालमा ‘महाकाली’ साप्ताहिकका कार्यकारी सम्पादक भएर काम गर्नुभएका लेखकले एमालेकी नेत्री निरुदेवी पाललाई १० हजार मतान्तरले हराउनुभएको हो ।  

स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह सर्लाही–४ बाट २० हजार १७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको हो । गोरखापत्र दैनिकका पूर्वसञ्चालक समिति सदस्य सिंहका प्रतिस्पर्धी नेपाली कांग्रेसका नगेन्द्र कुमारले १८ हजार दुई सय ५३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी एमालेका नेता काभ्रेपलान्चोक–२ बाट गोकुल बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याएर विजयी हुनुभएको छ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद हुमागाइँले ३९ हजार चार सय ८२ मत ल्याउनुभएको छ । नेता बाँस्कोटा ‘सम्बोधन’ साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । त्यसैगरी एमालेका सूर्य थापाले प्यूठानबाट ४१ हजार एक सय १८ मतसहित विजयी हुनुभएको छ । सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गर्नुभएको छ । थापा ‘बुधबार’ साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले चितवन–२ बाट ४९ हजार तीन सय मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका नेता उमेश श्रेष्ठले भने १४ हजार नौ सय ८८ मत ल्याउनुभएको छ । छामिछानेले न्यूज–२४ टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । त्यसैगरी पत्रकारिता पृष्ठभूमिका रास्वपाका नेत्री सोविता गौतम १५ हजार दुई सय ३८ मतसहित काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता गौतमले सो क्षेत्रमा ११ हजार पाँच सय ६६ मत ल्याउनुभएका एमालेका मणिराम फुयाँललाई पराजित गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ