२६ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको अग्रता कायमै,पछ्याउदै एमाले

१६ मंसिर २०७९, शुक्रबार ०६:१७

मङ्सिर १६, दोलखा | दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिनुभएको छ । 

हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उहाँले तीन हजार छ सय १८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।


जिल्लाको प्रदेशसभा (१) मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका  कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५  मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (२) मा चार हजार चार सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई पोखरा हिरासतबाट बुटवल लैजाने तयारी, किन लगिदै छ बुटवल ? बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति? इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार नेपालले थाईल्याण्डलाई दियो १४० रनको लक्ष्य थाइल्याण्डविरुद्व साना प्रवीणको शानदार अर्ध शतक तत्कालीन मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति जापान प्रकरण: काठमाडौँ ल्याइएसँगै लिलाबल्लभ अधिकारीको म्याद थप प्रक्रिया सुरु, अदालतमा पेश रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति कालीकोटमा जीप दुर्घटनामा ८ जनाको मृत्यु जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो: डीपी अर्याल