२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकको अन्तिम मत परिणाम कहिले आउँछ? अहिलेसम्मको अवस्था के छ? (सूची)

२०७९, १९ मंसिर सोमबार ०६:२४

मङ्सिर १९, काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ अन्तिम मतपरिणाम आउने बेला भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अब बाजुरा र दोलखामा खसेको समानुपातिक मत मात्र आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्न बाँकी छ। 

यसबाहेक देशभरबाट समानुपातिक मतको विवरण प्राप्त भइसकेको उनले जानकारी दिए। ‘बाजुरा र दोलखामा पनि मत गणना भइसकेको हुनुपर्छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘तर त्यहाँबाट तथ्यांक हामीलाई पठाएका छैनन्, आज ताकेता गर्नुपर्छ।’ उनले अब २ दिनभित्रमा समानुपातिकको अन्तिम मत परिणाम आउने अनुमान गरे। 

उनका अनुसार ती दुई जिल्लाको गरेर अब डेढ लाखजति मत आयोगको सूचना प्रणालीमा जोड्न बाँकी छ। समानुपातिकतर्फ अहिलेसम्म १ करोड ४ लाख २० हजार १ सय २५ मत सदर भएका छन्।  

कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने दलले मात्र सांसद निर्वाचित गर्न पाउँछन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय दलको मान्यता पाउँछन्। अहिलेसम्म यो मान्यता सात दलले पाएका छन्। ती हुन्– नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनतमा समाजवादी पार्टी र जनमत पार्टी। 

राष्ट्रिय दलको मान्यता पाउँदा र नपाउँदा के फरक पर्छ?

प्रत्यक्षतर्फ एक सिट मात्र जितेको जनमत पार्टीले पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउँदा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले भने अझै थ्रेसहोल्ड छुन सकेको छैन। बाजुरा र दोलखाको गरेर करिब डेढ लाख मतको हिसाब मिलान गर्न बाँकी रहँदा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ६२ मत (समानुपातिक) मात्र प्राप्त गरेको छ। आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्न अहिलेसम्मको हिसाबले ३ लाख १७ देखि १८ हजारसम्म मत कटाउनुपर्ने देखाएको छ।

जसअनुरूप एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न अझै २४/२५ हजार मत पाउनुपर्ने देखिन्छ। समेट्न बाँकी मतबाट उसले यति ल्याउला भनेर भन्न कठिन छ। तर पनि अन्तिम नतिजा नआउँदासम्म यसै भन्न सकिन्न। 

समानुपातिक निर्वाचनतर्फ सहभागी दलमध्ये सबैभन्दा धेरै मत ल्याएर नेकपा एमाले पहिलो बनेको छ। उसले यो खबर तयार पार्दासम्म २७ लाख ८८ हजार ३ सय ५६ मत पाएको छ। दोस्रो स्थानमा रहेर नेपाली कांग्रेसले अहिलेसम्म २६ लाख ६० हजार २ हजार ४६ समानुपातिक मत ल्याएको छ। 

बाँकी विवरण सूचीमै हेर्नुहोस् 

नेकपा एमाले 

२७,८८,३५६

नेपाली कांग्रेस

२६,६०,२४६

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)

११,६२,१२४

राष्ट्रिय स्वतन्त्र पार्टी

११,२४,५४३

राष्ट्रिय प्रजातन्त्र पार्टी

५,८६,६३८

जनता समाजवादी पार्टी, नेपाल

४,२०,९४६

जनमत पार्टी

३,९४,५२३

नेकपा एकीकृत समाजवादी

२,९४,३६२

नागरिक उन्मुक्ति पार्टी

२,७१,६६२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

१,६७,२८१

नेपाल मजदुर किसान पार्टी

७५,०५७

हाम्रो नेपाली पार्टी

५५,६१८

मंगोल नेसनल अर्गनाइजेसन

४८,८१८

राष्ट्रिय जनमोर्चा

४६,३८२

नेपाल संघीय समाजवादी पार्टी

४१,८०७

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)

३०,४१९

राष्ट्रिय जनमुक्ति पार्टी

२३,९२८

जनता प्रगतिशिल पार्टी, नेपाल

१८,०४८

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)

१७,८६४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

१७,७९७

बहुजन एकता पार्टी नेपाल

१७,०६५

नेपाली कांग्रेस (बीपी)

१२,४७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

१२,२७०

नेपाली जनता दल

९,९७६

बहुजन शक्ति पार्टी

९,४३५

नेपालका लागि नेपाली पार्टी

८,४०१

नेपाल कम्युनिस्ट पार्टी

७,९९७

नेपाल लोकतान्त्रिक पार्टी

७,६९२

नेपाल जनता पार्टी

७,५०६

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

७,३८०

मितेरी पार्टी नेपाल

७,०४३

जनजागरण पार्टी नेपाल

६,५३६

आमूल परिवर्तन मसिहा पार्टी नेपाल

६,४०९

तराई मधेश लोकतान्त्रिक पार्टी

५,९६८

जनसमाजवादी पार्टी, नेपाल

५,८७२

एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी (समाजवादी/नेपाल दलित पार्टी)

५,७९६

पिछडावर्ग निषाद दलित जनजाति पार्टी

५,१०१

विवेकशील साझा पार्टी

४,०३९

एकीकृत शक्ति नेपाल

३,७७६

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी

३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

३,४०४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

३,३३२

मौलिक जरोकिलो पार्टी

३,२३५

नेपाल समावेशी पार्टी

२,९५२

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन

२,१९१

राष्ट्रिय नागरिक पार्टी

२,१४३

नेस्ननलिस्ट पिपल्स पार्टी

२,०१५

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट