मङ्सिर १९, काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि "/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ अब ५० हजार मत गन्न बाँकी, कुन दलले कति सिट पाउने भए?

मङ्सिर १९, काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि लगभग सकिएर केही हजार भोटको हिसाब मात्रै निर्वाचन आयोगको वेभसाइटमा अपडेट गर्न बाँकी भएको आयोगले जनाएको छ।

आयोगले सोमबार साँझ ५ बजेसम्म १ करोड ४ लाख ३० हजार ४ सय ३९ मतको अपडेट गराएको छ। अब बढीमा ५० हजार मत गन्न बाँकी रहेको र भोलि बेलुकासम्म गनेर सकिने आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले देश सञ्चारलाई जानकारी दिए।
विवाद भएर रोकिएर पछि मतदान भएका जिल्लाहरु दोलखा, बाजुरालगायतको मत गन्न बाँकी रहेको थपलियाको भनाइ छ। थपलियाले भने, ‘अहिले पनि धमाधम मतगणना भइरहेको छ, भोलि बेलुकासम्म समानुपातिकतर्फको सबै नतिजा आउने आयोगले अनुमान गरेको छ।’

नेपाल निर्वाचन २०७९ – प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा

हालसम्म गनिसकिएको मत र गन्न बाँकी रहेको केही मतलाई आधार मानेर हेर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले गरेको व्यवस्थाअनुसार हिसाब गर्दा समानुपातिकतर्फका ११० सिटमा कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने लगभग निश्चित भएको छ।
समानुपातिकको लागि सात दलको सिट सुनिश्चित देखिएको छ। कानुनले कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था गरेको छ। यसअनुसार थ्रेसहोल्ड कटाउन ३ लाख १२ हजार ६०४ मत आवश्यक हुन्छ। सो मत प्राप्त गर्न नसके समानुपातिकको ११० सिटको भागवण्डामा उक्त दल पर्दैन।
दलहरुले प्राप्त गरेको मतलाई समेत सदर मत नमानिने निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्, अर्थात थ्रेस होल्ड नकटाएका दलले प्राप्त गरेको मत बदर मानिन्छ।
जारी मतगणनामा ३ प्रतिशतभन्दा धेरै मत ल्याउने दलहरु सात वटा छन्। ती दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी हुन्। यी सात वटा दलले प्राप्त गरेको कूल मतलाई नै सदर मत मानिन्छ र सिट बाँडफाँटको लागि हिसाब गरिन्छ।
समानुपातिकतर्फको जारी मतगणनामा एमाले पहिलो दल बनेको छ। एमालेले २७ लाख ९१ हजार ७ सय मत कटाएको छ। कांग्रेसले २६ लाख ६६ हजार २ सय भोट कटाएको छ। माओवादीले ११ लाख ६२ हजार ९ सय भोट कटाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय भोट ल्याएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६ सय, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय र जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय मत कटाएका छन्।
नेकपा एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउन नसक्ने भएको छ। जारी मतगणनामा एकीकृत समाजवादीले २ लाख ९४ हजार ४ सय भोट ल्याएको छ। थ्रेस होल्ट कटाउनको लागि ३ लाख १२ हजार ६०४ मत ल्याउनुपर्ने हुन्छ,जुन असम्भव छ।
समानुपातिकमा एमालेले सबैभन्दा बढी ३३ सिट प्राप्त गर्नेछ। एमालेभन्दा करिब एक लाख कम भोट ल्याएको कांग्रेसले एमालेभन्दा एक सिट कम अर्थात ३२ सिट पाउने छ।
माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)दुवैले ११ लाख भोट कटाएका छन्। रास्वपाभन्दा माओवादीले ३८ हजारभन्दा बढी भोट ल्याएको छ। यी दुवै पार्टीले १४/१४ सिट पाउने छन्।
हालसम्म ५ लाख ८६ हजार ६ सय भोट ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउने देखिएको छ। जनता समाजवादी पार्टी (जसपा)ले र जनमत पार्टीलाई प्राप्त मत हेर्दा यी दुवै पार्टीले ५/५ सिट प्राप्त गर्नेछन्।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सिट बाँडफाँटको हिसाब गर्न देशभरबाट खसेका सम्पूर्ण मतको एकीकृत हिसाब गनुपर्ने नियम हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक