2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परिन् प्रियंका चोपडा

मङ्सिर २०, काठमाडौँ | बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा  र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोका सेकिआमाह आदि छन्। 


बीबीसीले हरेक वर्ष विश्वभरका तल्लो तहका मुद्दाहरूमा काम गर्ने महिला स्वयंसेवकहरूबाट विश्वका महिला नेताहरूको कथा र उपलब्धी संसारसामु ल्याउँछ। सन् २०१२ मा दिल्ली सामूहिक बलात्कारपछि महिलासँग सम्बन्धित समाचार सञ्चारमाध्यममा प्रचारप्रसार गर्न ‘१०० महिला’ कार्यक्रम सुरु गरेको थियो ।

यो कार्यक्रम अहिले दशौं वर्षमा पुगेको छ । यस वर्षको कार्यक्रमको नारा ‘प्रगति’ रहेको छ । यो सिजनले पछिल्लो दशकमा आएका परिवर्तनहरूलाई हेर्नेछ। 

यस वर्ष ‘१०० महिला’ अन्तर्गत बीबीसीको टिभी, रेडियो, आइप्लेयर र वेबसाइटलगायत अन्य माध्यमबाट विशेष कार्यक्रम प्रसारण गरिने भएको छ ।

यस पटक अमेरिकी गायक बिली इलिशसँगै भारतीय अभिनेत्री प्रियंका चोपडा, अपाङ्गता अधिकार अधिवक्ता सेल्मा ब्लेयर र हलिउड आइकन रिटा मोरेनाको अन्तर्वार्ता पनि प्रसारण हुनेछ।

यी अन्तर्वार्ताहरू बीबीसी आइप्लेयर, बीबीसी वर्लड न्युज र बीबीसी.सिओ.युकेमा प्रशारण गरिन्छ। यस सिजनमा महिलाको प्रजनन अधिकार उल्लङ्घनसँग सम्बन्धित वृत्तचित्र पनि प्रशारण हुनेछन् ।

बीबीसीका महानिर्देशक टिम डेभीले भने- 'यो वर्ष बीबीसीको १०० महिलाको सूचीमा परेका महिला उत्कृष्ट छन् । उनीहरुले आफ्नो कामबाट समुदाय र समाजमा योगदान पुर्‍याएका छन् । मलाई गर्व छ कि बीबीसीले यी महिलाहरूलाई अगाडि ल्याउन र हाम्रो प्रथम श्रेणीको पत्रकारिता र कथा कथन प्रयोग गरेर उनीहरूका कथाहरू विश्वभर फैलाउन महत्त्वपूर्ण काम गरिरहेको छ।'

बलिवुडकी सर्वाधिक चर्चितमध्येकी एक अभिनेत्री प्रियङ्का चोपडाले ६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन्। सन् २००२ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी पूर्वमिस वर्ल्ड समेत हुन्। सन् २०१५ मा प्रदर्शनमा आएको अमेरिकन नेटवर्क ड्रामा सिरिज 'क्वान्टिको'मार्फत्‌ उनले हलिवुडमा प्रमुख भूमिका निर्वाह गर्ने पहिलो दक्षिण एशियाली अभिनेत्रीकी रूपमा इतिहास रचिन्।

उनले हलिवुडकै इजन्ट इट रोमान्टिक र द म्याट्रिक्स रिसरेक्सनस्‌मा पनि अभिनय गरेकी छन्। उनी स्वयंले पनि चलचित्र निर्माण कम्पनी स्थापना गरी भारतमा चलचित्र निर्माण गर्दै आएकी छन्। चोपडा युनिसेफकी सद्भावनादूत हुन् जसमार्फत्‌ उनले बालबालिकाको अधिकारका साथै बालिकाहरूको शिक्षाको निम्ति अभियानहरू सञ्चालन गर्छिन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक