2026-07-25 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतको मिटरः एमालेलाई लोकप्रिय मत, एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबन्ने

मङ्सिर २१, काठमाडौँ | मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फको गणना लगभग सकिएको छ।

निर्वाचन आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ८२ सदर मतमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका सात दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।

२ लाख ९८ हजार मत पाएर आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न सकेन। हालसम्म नेकपा एमाले लोकप्रिय मत पाउने पहिलो दल बनेको छ। उसले हालसम्म २८ लाख ४५ हजार ६४१ अर्थात कुल सदर मतको २६.९५ प्रतिशत मत पाएको छ।

यस्तै प्रत्यक्षतर्फ पहिलो दल बनेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएर दोस्रो दल बनेको छ। उसले कुल सदर मतको २५.७१ प्रतिशत लोकप्रिय मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत लोकप्रिय मत पाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १०.७० प्रतिशत मत पाएको छ।

यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जसपाले ४ लाख २१ हजार ३१३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत पपुलर मत पाएको छ। २ लाख ९८ हजार ३९१ मत पाएको एकीकृत समाजवादीले २.८३ प्रतिशत पपुलर मत पाउँदै ३ प्रतिशतको थ्रेसहोल्ड थोरै मतले कटाउन सकेन।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको छ। त्यसको ३ प्रतिशत तीन लाख १६ हजार ८०२ हुन्छ।

एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। त्यसहिसाबले ‘थ्रेसहोल्ड’ पार गर्न १८ हजार ४११ मत अपुग भएको देखिन्छ।

गत वर्ष नेकपा (एमाले)बाट विभाजित भएर बनेको यो पार्टीले प्रत्यक्षतर्फ १० स्थानमा जित हासिल गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँँवर, भानुभक्त जोशी र प्रेमवहादुर आले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

एकीकृत समाजवादी सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव गएको थियो। 

त्यस्तै, प्रत्यक्ष तर्फ तीन सीट जितेको नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ प्राप्त गर्‍यो। यो पार्टीलाई थ्रेसहोल्ड पार गर्न ४५ हजार ८० मत अपुग भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक