Skip to content
Friday, July 17, 2026 Nepali Online Media

युवाहरूको सम्मेलन कार्यक्रम नवलपरासीमा सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

रबिन्द्र यादव/भदौ ३१ नवलपरासी । नवलपरासीको रमपुरवा र हरपुर गाउँ विकास समितिका युवाहरुको सम्मेलन महेशपुर मा सम्पन्न भएको छ ।

सम्मेलन रमपुरवा र हरपुर गाविसका प्रमुख अतिथि पारसनाथ वर्मा रहनु भएको थियो । प्रमुख अतिथि वर्माले आजको युवाले लागू दुर्वेसनी तथा ओसारपसार मा लागेको भन्दै दुख ब्यक्त गर्नु भएको थियो ।

युवाहरु हातेमालो गर्दै गाउँ टोल सामज सामुदायको सकारात्मक रुपान्तरण मा लाग्न बताउनु भयो साथै हाल युवाहरुको जनशक्ति विदेश पलायन भैरहेकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो र सरकारले युवा जनशक्ति स्वदेश मै प्रयोग गर्ने किसिमको योजना ल्याउनु पर्ने मा जोड दिनु हुँदै, युवाहरुको साथमा आफु र आफ्नो गाविस निरन्तर रहेको जानकारी दिनु भयो ।

सम्मेलन मधेस युवा उत्थान विकास मंच नवलपरासीको संयोजक धिरज त्रिपाठीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि गाविस सचिव पारसनाथ वर्मा, विशिष्ट अतिथि दलित समाजका केन्द्रीय सदस्य छबिलाल हरिजन, मंचका उपाध्यक्ष युवराज मौर्या, सदस्य लोकनाथ ज्ञ्वाली, समाज सेवी तारा देवि जयसवाल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको उद्देश्य माथि मंचका सचिव रामेश्वर कोइरीले प्रकाश पार्नु भएको थियो। यसैगरी मंचले हरपुर गाविरको मत्रिका जयसवालको नेतृत्वमा एघार सदस्यीय त्यस्तै रमपुरवा गाविसको सुनिल पटवा को नेतृत्वमा एघार सदस्यीय कमिटी समेत गठन गरेको छ । हाल मधेस युवा उत्थान विकास मंच जिल्लाका विभिन्न ठाउमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।