2026-07-25 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोग र एमालेबीच प्रदेश १ समानुपातिक सांसद छनौटमा विवाद

मङ्सिर २७, काठमाडौँ | निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । 

निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरुले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताए । ‘निर्वाचन आयोगले हामीलाई जे कुरा स्पष्ट पार्न भनेर पत्र पठाएको थियो हामीले त्यही अनुसार स्पष्ट पारेर पठाएका छौं,’ न्यौपानेले भने, ‘यसअघि सिफारिस गरिएको नामावलीमा तलमाथि भएको छैन ।’

एमालेले पाएको १५ वटा समानुपातिक सिटमा अल्पसंख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाती पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ । जनजाती महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र संखुवासभाकी लहरुमाया जिमी (याख्खा)लाई पठाएको थियो । 

यद्यपि जनजाती महिलाको अल्पसंख्यक कोटामा लहरुमाया जिमीको नाम समानुपातिक बन्दसूचीको क्रम मिचेर पठाएपछि आयोगले प्रश्न गरेको हो । सूची अनुसार अल्पसंख्यक कोटामा धिमाल र दनुवार पछि एमालेले सुनसरीकी यशोदा कायस्थलाई पठाउनु पर्ने थियो । तर, उनीभन्दा पछिल्लो क्रममा रहेकी जिमीको नाम एमालेले पठाएको हो ।

 एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसंख्या हुँदा कायस्थको १८ नम्बर रहेको छ । यस्तै अल्पसंख्यक तर्फपनि कायस्थको २ र जिमीको ३ छ । निर्वाचन आयोगले आजै समानुपातिक तर्फको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक