2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लोपटक अर्जेन्टिना र क्रोएसिया विश्वकपमा भेट्दा के भएको थियो ?

मङ्सिर २७, काठमाडौँ | कतारमा जारी विश्वकपको फाइनलमा स्थान बनाउनका लागि आज अर्जेन्टिना र क्रोएसिया आमानेसामने हुँदैछन् । यसअघि गत विश्वकपको समूह चरणमा दुई टोली भिडेका थिए । त्यतिबेला विश्वकपको फाइनलसम्म पुगेको क्रोएसियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएको थियो ।

अर्जेन्टिनाका गोलकपिर विली काबालेरोले गल्ती गर्दा क्रोएसिया जीत हासिल गर्दै अन्तिम १६ मा पुगेको थियो भने अर्जेन्टिना समूह चरणबाट नै बाहिरिने निकट पुगेको थियो । टोलीका लागि कप्तान लियोनेल मेस्सीले योगदान दिने अपेक्षा गरिरहँदा गोलकिपर काबालेरोले टोलीको भाग्य तय गरेका थिए ।


उनले एन्टे रेबिकलाई चिप गर्ने प्रयास गर्दा रेबिकले उल्टै भलीमार्फत गोल गर्दै खेलको ५३ औँ मिनेटमा क्रोएसियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अदृश्य झैँ बनेका मेस्सीले दोस्रो हाफमा टोलीलाई फर्काउने प्रयास गरे पनि असफल रहे ।

खेलको ८० औँ मिनेटमा लुका मोड्रिचले अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा इभान राकिटिचले गोल गर्दै क्रोएसियाको जीत सुनिश्चित गरेका थिए । खेलमा मोड्रिच म्यान अफ द म्यान घोषित भएका थिए । विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी टोलीविरुद्ध पहिलो जीत थियो । दक्षिण अमेरिकी टोलीसँग खेलिएका पछिल्ला ४ खेलमा क्रोएसिया पराजित भएको थियो । सो पराजय सन् १९५८ पछि समूह चरणमा अर्जेन्टिनाको सबैभन्दा ठुलो पराजय थियो ।

पराजयपछि झण्डै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको अर्जेन्टिना अन्ततः समूह डीबाट दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो । तर, त्यहाँबाट टोली अघि बढ्न सकेन । क्रोएसिया भने फाइनलसम्म पुग्दै फ्रान्ससँग पराजित भएर उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

अर्जेन्टिना र क्रोएसियाको इतिहास

विगतको नतिजालाई हेर्दा यी दुई टोलीलाई बाँड्ने अवस्था छैन ।

सन् १९९४ मा आफ्नो पहिलो खेल ०-० को बराबरीमा सकिएपछि दुवैले दुई दुई खेल जितेका छन्।

पाँच खेलमा क्रोएसियाले पाँचको तुलनामा सात स्ट्राइकसहित अर्जेन्टिनाभन्दा बढी गोल गर्न सफल भएको छ।

उल्लेखनीय छ, लियोनल मेस्सीले क्रोएसिया विरुद्धको तीन खेलमा दुई गोल गरेका छन् र कतारमा पाँच खेलमा चार गोल गर्दै सेमिफाइनलमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन