2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुर हत्या घटना: मारेर खाल्डोमा पुर्ने रोज पक्राउ

मङ्सिर २७, काठमाडौँ | मकवानपुर प्रहरीले जिल्लाको इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरेकी सरस्वती वाइबालाई हत्या गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्या आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय रोज वाइबालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । गत १३ गतेदेखि हराएकी ३५ वर्षीया वाइबाको शव २४ गते बेलुकी भटिएको थियो । अनुसन्धानका क्रममा आरोपीलाई पक्राउ गरिएको र उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिएका छन् ।


आफ्नी श्रीमती हराएपछी गत १७ गते सरस्वतीका श्रीमान बिर बहादु वाइबाले खिजिदिना निवेदन दिएका थिए । २४ गते प्रहरी टोली र परिवारले खोजतलास गर्दा आरोपी रोज वाईबाको बारीमा अनुहार र कपडाको केही भाग देखिने गरी खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको थियो । शव फेलापरेपछी प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दा रोज वाइबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपीले सामान्य भनाभन हुँदा एक थप्पड हानेको र भुईमा लड़ेपछी थप प्रहार गरेर खाल्डोमा पुरेको बताएको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका वाइबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुने र सोही अनुसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन