2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहान उठ्दा अनुहार र आँखा सुन्निएको हुन्छ ? मृगौला बिग्रिएको र थाइराइड बढेको संकेत

पुस ८, काठमाडौँ | बिहान उठेर ऐना हेर्दा अनुहार र आँखा सुन्निएको जस्तो लाग्छ । साधारणतया अनुहार र आँखा वरिपरी र शरीरको केही हिस्सा वाटर रिटेन्सनका कारण सुन्निने गर्छ । तर कतिपय अवस्थामा यसले केही गम्भीर स्वास्थ्य समस्यातर्फ इशारा गर्न सक्छ । भारतका डाक्टर वाई पी सिंहले यसको कारण र निवारणबारे जानकारी दिएका छन् ।


भाइरल संक्रमणको कारणले हुनसक्छन्

सेल्युलाइटिस भाइरल छालाको संक्रमणमा, अनुहारमा सुन्निन्छ । सामान्यतया रक्तनलीहरू फुल्छ र खुम्चिन्छ । संक्रमणका कारण नसाहरु फुल्छ र तरल पदार्थ चुहिन थाल्छ । यो अवस्थालाई रोजेशिया भनिन्छ । यस्तो अवस्थामा अनुहार सुन्निने र रातो हुने गर्छ । यदि तपाईंको अनुहार सुन्निनुका साथै दुखाइ र असुविधा महसुस हुन्छ भने, ढिलो  नगरी डाक्टरलाई देखाउनुहोस् ।

यस्ता रोग पनि कारण हुनसक्छन्

थाइरोइडको समस्या, बाथ, साइनस संक्रमण, सिस्टमिक ल्युपस एरिथेमेटोसस र मृगौलाको रोगमा अनुहार र शरीर सुन्निने गर्छ ।

स्किन केयर उत्पादनको प्रतिक्रिया

स्किन केयर रुटिनमा एक्टिभ एलिमेन्ट्स जस्ता अल्फा हाइड्रोक्सी एसिड बिटा हाइड्रोक्सी एसिड, रेटिनालका कारण पनि अनुहार सुन्निन सक्छ । यो एक्टिभ एसिड र एक्सफोलिएटरले अनुहार वा आँखाको आसपासको छाला सुन्निन सक्छ । यस्ता उत्पादनलाई सधैँ प्रयोग नगर्नुहोस्, हप्तामा एकपटक मात्रै गर्नुहोस् । संवेदनशील छाला छ भने विज्ञको सल्लाह लिनुहोस् ।

अव्यवस्थित जीवनशैली पनि कारण हो

८ घण्टा सुत्नु शरीरका लागि आवश्यक छ । यो भन्दा बढी वा कम सुत्दा शरीरमा नराम्रो असर पर्छ । लामो समयसम्म सुत्दा शरीरमा एकै ठाउँमा तरल पदार्थ जम्मा हुन्छ, जसका कारण अनुहार सुन्निन्छ । गलत साइडमा सुत्दा वा बाक्लो र कडा तकिया प्रयोग गर्दा पनि यो समस्या हुन्छ ।

अनुहार र आँखामा सुन्निने समस्या भए यी तरिका अपनाउनुहोस्

यदि अनुहार र आँखा वरिपरि सुन्निएको छ भने, सबैभन्दा पहिले चिकित्सकलाई देखाउनुहोस्, ताकि समस्याको वास्तविक कारण थाहा पाउन सकियोस्  । साँझ र रातको समयमा जंक फूड जस्ता उच्च सोडियमयुक्त आहारबाट बच्नुहोस् । यदि शरीर फाइबरयुक्त खानेकुराप्रति संवेदनशील छ भने अलस, बदाम, अनार, सुक्खा अन्जीर, गहुँको चोकर, कोदो, अंकुरित गेडागुडीको सेवन नगर्नुहोस् ।

पिठो, पास्ता, सेतो चिनी, डोनट, पेस्ट्री, केक, मिठाई, सोडा, बिस्कुटजस्ता रिफाइन्ड कार्बोहाइड्रेटहरू नखानुहोस् । राति ढिलो खाना नखानुहोस्, खाना खाएपछि तुरुन्तै नसुत्नुहोस् । उत्तानो परेर सुत्ने प्रयास गर्नुहोस् । दिउँसो र रातभर हाइड्रेटेड रहन प्रशस्त पानी पिउनुहोस् । मादक पदार्थबाट बच्नुहोस् । यदि यी उपायहरू गर्दा पनि सुन्निँदैन भने, तुरुन्तै छाला विशेषज्ञसँग परामर्श लिनुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते