2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डसँगै आज क-कसले लिँदैछन् शपथ?

पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज ४ बजे शपथ लिँदैछन्।

प्रचण्डसँगै माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीमा शपथ लिने भएका छन्। सोमवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई परराष्ट्रसहित उपप्रधानको जिम्मेवारी दिने निर्णय गरेको हो।


अरु को को बन्दैछन् मन्त्री?

प्रचण्डसँगै आज चार जना मन्त्रीले शपथ लिने तयारी गरेको छ। एमालेले पहिलो चरणमा उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने भएको छ। पौडेललाई उपप्रधानसहित गृह वा अर्थमध्ये मन्त्रालय दिने तयारी गरेको छ। 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आजै शपथ लिने तयारी रहेको छ।

प्रचण्ड गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय लिने भएको छ। यसैगरी माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय, जसपाले एक राज्यसहित ३ मन्त्रालय, राप्रपाले एक राज्यसहित ३ मन्त्रालय र जनमत पार्टीले एक राज्यसहित २ मन्त्रालय लिने गठबन्धनमा मोटामोटी सहमति भएको बताइएको छ। यता नागरिक उन्मुक्ति पार्टीबाट पनि सरकारमा सहभागी हुने नहुनेबारे छलफल चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै