२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी सिर्जना देखि निःशुल्क विदेश पठाएकोसम्म श्रममन्त्रीले सुनाए ५३ बुँदे प्रगति विवरण

२०७९, ११ पुष सोमबार ०९:३४

पुस ११, काठमाडौँ | श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् । उनले आन्तरिक रोजगारी सिर्जना गरेकोदेखि निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाएकोसम्मका विषय समेटेर आफ्नो कार्यकाल फलदायी भएको दावी गरेका छन् ।

नयाँ मन्त्रीमण्डल गठन हुनुअघि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कुँवरले आफ्नो कार्यकालको उपलब्धिलाई ५३ बुँदामा व्याख्या गरेका छन् । जसमा मन्त्रालयको दैनिक कार्यसम्पादनदेखि विभिन्न स्तरमा श्रम गन्तव्य देशसँग भएको बैठकका उपलब्धि समेत समेटिएका छन् ।

कुँवरका अनुसार रोजगारी सम्बन्धी कार्यक्रमहरुको एकीकृत तथ्यांक व्यवस्थापनका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गरिएको छ ।

श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थल र सञ्चालनका लागि जग्गाको पहिचान भएको र श्रमिक अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य भइरहेको उल्लेख गरेका छन् ।

बेलायतमा स्वास्थ्य जनशक्ति लैजाने सम्बन्धमा समझदारी भएर प्रोटकोल स्वीकृतिको चरणमा रहेको भन्दै मन्त्री कुँवरले इजरायलमा थप कृषि–कामदार पठाउन आवश्यक अध्ययन गरी सो सम्बन्धी कार्यान्वयन कार्ययोजना तर्जुमा गर्नका लागि कार्यदल गठन भएर काम भइरहेको बताए ।

१३ असार, २०७९ मा कुँवर मन्त्रिपरिषद्को सदस्यको रूपमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका थिए ।

‘पूर्ण रुपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको सन्दर्भमा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हक हितलाई ध्यानमा राखी बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रयास गर्‍यौं,’  उनले भने, ‘अर्को तर्फ योगदानमा आधारित सामाजिक सुरक्षा औपचारिक क्षेत्रमा रहेका श्रमिकहरुका लागि मात्र सञ्चालनमा रहेको विद्यमान अवस्थालाई विस्तार गरी ठूलो संख्यामा रहेका अनौपचारिक तथा स्वरोजगार क्षेत्र र वैदेशिक रोजगारीमा रहनु भएका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कार्यविधि स्वीकृत गरिएको छ ।’

यस्ता व्यवस्थाको कार्यान्वयनबाट सबै श्रमिकहरुलाई सामजिक सुरक्षाको प्रत्याभूति प्रदान हुने र समग्र देशको अर्थ व्यवस्था सुधार भई मुलुकको विकास र श्रमिक वर्गको आर्थिक अवस्थामा थप टेवा पुग्ने मन्त्री कुँवरको विश्वास छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् । उनले आन्तरिक रोजगारी सिर्जना गरेकोदेखि निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाएकोसम्मका विषय समेटेर आफ्नो कार्यकाल फलदायी भएको दावी गरेका छन् ।

नयाँ मन्त्रीमण्डल गठन हुनुअघि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कुँवरले आफ्नो कार्यकालको उपलब्धिलाई ५३ बुँदामा व्याख्या गरेका छन् । जसमा मन्त्रालयको दैनिक कार्यसम्पादनदेखि विभिन्न स्तरमा श्रम गन्तव्य देशसँग भएको बैठकका उपलब्धि समेत समेटिएका छन् ।

कुँवरका अनुसार रोजगारी सम्बन्धी कार्यक्रमहरुको एकीकृत तथ्यांक व्यवस्थापनका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गरिएको छ ।

श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थल र सञ्चालनका लागि जग्गाको पहिचान भएको र श्रमिक अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य भइरहेको उल्लेख गरेका छन् ।

बेलायतमा स्वास्थ्य जनशक्ति लैजाने सम्बन्धमा समझदारी भएर प्रोटकोल स्वीकृतिको चरणमा रहेको भन्दै मन्त्री कुँवरले इजरायलमा थप कृषि–कामदार पठाउन आवश्यक अध्ययन गरी सो सम्बन्धी कार्यान्वयन कार्ययोजना तर्जुमा गर्नका लागि कार्यदल गठन भएर काम भइरहेको बताए ।

१३ असार, २०७९ मा कुँवर मन्त्रिपरिषद्को सदस्यको रूपमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका थिए ।

‘पूर्ण रुपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको सन्दर्भमा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हक हितलाई ध्यानमा राखी बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रयास गर्‍यौं,’  उनले भने, ‘अर्को तर्फ योगदानमा आधारित सामाजिक सुरक्षा औपचारिक क्षेत्रमा रहेका श्रमिकहरुका लागि मात्र सञ्चालनमा रहेको विद्यमान अवस्थालाई विस्तार गरी ठूलो संख्यामा रहेका अनौपचारिक तथा स्वरोजगार क्षेत्र र वैदेशिक रोजगारीमा रहनु भएका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कार्यविधि स्वीकृत गरिएको छ ।’

यस्ता व्यवस्थाको कार्यान्वयनबाट सबै श्रमिकहरुलाई सामजिक सुरक्षाको प्रत्याभूति प्रदान हुने र समग्र देशको अर्थ व्यवस्था सुधार भई मुलुकको विकास र श्रमिक वर्गको आर्थिक अवस्थामा थप टेवा पुग्ने मन्त्री कुँवरको विश्वास छ ।

नेपालको श्रम प्रशासनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउन थप कार्ययोजना बनाई अघि बढाएको भन्दै उनले

‘संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी सबै श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी भएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ