Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीका मुस्लिमको धार्मिक शिक्षा प्रति सरकारको बेवास्ता

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/असोज ३१, परासी । मुस्लिम समुदायको संरक्षण तथा धार्मिक शिक्षा प्रति अहिलेको पिढिलाई उतप्रेरित गर्न धार्मिक गुरु मौलानाहरुको अहम भुमिका रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

मुस्लिम समुदायको दोस्रो ठुलो पर्व ईदुल अजहाको समापनको अवसरमा तन्जीमुल ओलमा युनियन नवलपरासीले जामिया फैजाने अहले बैत परासीमा आयोजना गरेको धार्मिक प्रवचन कार्यक्रममा बोल्ने वक्ताहरुले सो विषय प्रति विशेष जोड दिएका हुन् ।

तन्जीमुल वलमा समिति नवलपरासीका अध्यक्ष मौलाना गुलाम सैयद हुसैनको अध्यक्षतामा भएको सो कार्यक्रममा मौलाना हुसैनले खास गरि अहिलेको पिढिहरुले धार्मिक शिक्षा प्रति लगाव कम राख्दै गएकाले उनिहरुलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

सो अवसरमा मौलाना अमिरुल्लाह अन्सारी, तैयब अन्सारी, कारी मोहम्मद हुसैन अन्सारी, मौलाना मोहरम अलि, सेराज अहमद, हाजी ईसहाक अहमद मिँया, मुस्लिम संघका जिल्ला अध्यक्ष कासिद अलि, अमिरुल्लाह मिँया, नेसार अहमद मिँया लगायतले जिल्लामा उच्च धार्मिक शिक्षाको आवश्यक्ता रहेको र आ-आफनो ठाँउवाट सबैले पहल गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।