2026-07-24 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता हरिबोल गजुरेलले अस्वीकार गरे उपराष्ट्रपति

पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । 

राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु’ गजुरेलले भने, ‘राष्ट्रपति पदमा जान्न भनेको छु । अरु नियुक्तिहरुमा पनि जाने कुनै योजना छैन ।’

पार्टीमा धेरै खालका सुधार गर्नुपर्ने भएकाले उपराष्ट्रपति नजाने योजना बनाएको गजुरेलले बताए । ‘पहिला पार्टी बनाउनुपर्यो । पार्टी बलियो र प्रभावकारी भएमा जुनसुकै पद लिए पनि हुन्छ । अब पार्टी नै बलियो भएन भने जुनसुकै पद लिए पनि के हुन्छ र ? उनले भने, ‘त्यसैले पार्टी बनाउन महाधिवेशनदेखि नै कार्यकारी भूमिका खोजेको थिए ।’

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक