2026-06-16 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

२०७९ पुष १८, सोमवार

पुस १८, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।  

प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उहाँले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपद्जन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिनुभएको हो ।


ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह प्रशासनको सेवा प्रवाह चुस्त पार्न, जाडो बढेसँगै शीतलहर तथा अन्य प्राकृतिक विपद्जन्य घटनाबाट नागरिकको जीउ ज्यान जोगाउने गरी काम गर्न निर्देशन प्राप्त भएको जानकारी दिनुभयो । गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न पनि भन्नुभएको उहाँले बताउनुभयो । 

“सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, अवैध चोरी नियन्त्रण तथा विपद् व्यवस्थापनकै विषयमा मन्त्रीज्यूबाट आवश्यक निर्देशन भएको छ”, बैठकमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्ययले थप्नुभयो, “संक्षिप्त निर्देशनमा मन्त्रालयबाट गर्नुपर्ने काम भए लिखित रुपमा ल्याउन पनि भन्नुभएको छ ।”

उपाध्ययका अनुसार गृहमन्त्रीले तराईमा शीतलहर र उच्च हिमाली जिल्लामा हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछानेले बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन एवं विपद् व्यवस्थापनका तयारीमा आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने जानकारी पनि गराउनुभएको उहाँको सचिवाले जनाएको छ ।

गृहमन्त्रीले नागरिकका गुनासो तथा समस्यालाई सधैँ उच्च प्राथमिकतामा राखेर सेवा दिन, सेवामा सहज पहुँच विस्तार, प्रविधिमैत्री र सद्भावपूर्ण व्यवहार अपनाउन पनि आग्रह गर्नुभएको छ । सुशासनलाई ध्यानमा राखेर भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउन आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेकाले कुनै पनि व्यक्ति वा संयन्त्रयको दबाब र प्रभावमा नपर्न पनि उहाँले मातहतका अधिकारीलाई निर्देशन दिनुभयो । 

नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झण्झटिलो र रुखो व्यवहार भोग्नुपर्ने गुनासो आजैदेखि  हटाउन पनि गृहमन्त्रीले भन्नुभएको छ । यसका साथै मुलुकभर मिटरब्याजीको मारमा परेका नागरिकले अझै न्याय नपाएको गुनासो गरिरहेकाले यसप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवाका साथै प्रहरीमार्फत हुने शान्ति सुरक्षालगायत नियमित सेवा प्रवाहलाई समेत चुस्तदुरुस्त बनाउन पनि उहाँले निर्देशन दिनुभएको प्रजिअ उपाध्ययले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते