2026-06-16 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र यादवबीच भेट, उपराष्ट्रपति नछाडने

२०७९ पुष २०, बुधवार

पुस २०, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ । यादव एमाले अध्यक्ष ओलीलाई भेटन मंगलबार बेलुकी बालकोट गएको स्रोतले बताएको छ । 


यादवले अध्यक्ष ओलीसँग उपराष्ट्रपतिमा आफ्नो पार्टीले दावी दोहोर्‍याएका थिए । जसपाले उपराष्ट्रपतिसहित दुई मन्त्रीमा दावी गर्दै आएको छ । अध्यक्ष ओलीले एमालेले राष्ट्रपतिमा कसलाई पठाउने भन्ने बारे निर्णय गरिनसकेकाले राष्ट्रपति/उपराष्ट्रपतिलगायत अन्य पदहरु प्याकेजमै टुङग्याउनुपर्ने बताएको स्रोतको दावी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग समेत यादवले उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका छन् । उनीहरुबीच सरकार संचालन र सरकारले ल्याउने साझा कार्यक्रमबारे समेत छलफल भएको छ।

प्रचण्ड यादवको मागमा सकारात्मक रहेको उनकै पार्टीका एक नेताले बताए । जसपाले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम हेरेपछि मात्रै सरकारमा जाने/नजाने निर्णय गर्ने जनाएको छ । मंगलबार बसेको जसपाको बैठकले यस्तो निर्णय गरेको हो ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल सुरु गरेका छन् । यादवले एकीकृत समाजवादीसँग छिट्टै एकता हुने बताउँदै हिँडेका छन्। तर, एकीकृत समाजवादीका नेताहरुले भने एकताका लागि छलफल अघि बढेको भएपनि तत्काल त्यो संभवन नहुने बताए । जसपाले बारा–२ बाट जितेका राम सहाय यादवलाई संसदीय दलको नेता बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानपावर व्यवसायीलाई विभागको तीनदिने उर्दी, भारतका विमानस्थल प्रयोगको विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री