2026-06-16 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गुमेपछि देउवाको प्रतिक्रिया- वी विल कम ब्याक!

पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजोआज ध्रुम्बाराहीमा घर भाडामा लिएर बस्छन्। उनको बूढानिलकण्ठस्थित घर मर्मत हुँदैछ।

पहिलो कार्यकाल प्रधानमन्त्री को बन्ने भन्नेमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन छाडेका थिए।

छैटौंपटक प्रधानमन्त्री बन्न खोजेका देउवा प्रचण्डले गठबन्धन छाडेपछि सत्ताबाट बाहिर पुगेका छन्- प्रमुख प्रतिपक्षी दल नेताका रूपमा।


प्रतिनिधि सभामा ८९ सिट जितेको कांग्रेसले माओवादीसँग पहिलो कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो। प्रचण्डले पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्न मानेनन्, नेकपा एमालेसहित ७ दलको समर्थनमा गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको तीन दिनपछि देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर भाडामा लिएको घर ध्रुम्बाराही सरेका थिए। देउवा ध्रुम्बाराही सरेपछि त्यहाँ नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति हुँदै आएको छ।

अधिकांशले गठबन्धन टुट्नुको कारणबारे सोध्ने गर्छन्। देउवाले धेरै विश्वास गर्दा र पार्टी केन्द्रीय कार्यसम्पादनको निर्णयअनुसार कांग्रेसकै नेतृत्वमा सरकार बनाउन खोज्दा यो परिस्थिति आइपरेको जवाफ दिने गर्छन्।

पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि आफूहरूले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको बताए।

आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको बताए। उनले गठबन्धन टुट्नुको कारण प्रचण्डको भूमिका भएको उल्लेख गरेका थिए।

गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे सभापति देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। सानेपामा आज भएको पत्रकार सम्मेलनमा प्रवक्ता महतलाई पत्रकारहरूले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए।

त्यसमा जवाफ दिँदै प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्ने हो। तर कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। तर केही छैन, बिचलित हुनुपर्ने अवस्था छैन। वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौं भनेरै उहाँको हौसलापूर्ण कुरा नै छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ